युद्धविराम र बन्धक रिहाइका लागि हमासको शर्त

TOPSHOT - Palestinians inspect the destruction from Israeli airstrikes in Gaza City's al-Rimal neighbourhood early on October 10, 2023. Israel kept up its deadly bombardment of Hamas-controlled Gaza on October 10 after the Palestinian militant group threatened to execute some of the around 150 hostages it abducted in a weekend assault if air strikes continue without warning. (Photo by MOHAMMED ABED / AFP) (Photo by MOHAMMED ABED/AFP via Getty Images)

काठमाडौं, १६ माघ : गत अक्टोबर ७ देखि इजरायलसँग युद्धको सामना गरिरहेको हमासले गाजापट्टीबाट सम्पुर्ण इजरायली सेना फिर्ता नभएसम्म युद्धविराम हुन नसक्ने स्पष्ट पारेको छ । कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुल रहमान अल थानीले गाजामा स्थायी युद्धविरामका लागि हमाससँग गरेको आग्रहका बीच हमासले इजरायली सेना फिर्ता नभएसम्म युद्धविराम नगर्ने र साथै आफनो कब्जामा रहेका बन्धक रिहा नगर्ने शर्त अघि सारेको छ ।

यसअघि अमेरिकाको भ्रमणमा रहनुभएका थानीले वाशिङटनमा आयोजना गरिएको एटलान्टिक काउन्सिललाई सम्बोधन गर्दै इजरायल र हमासबीच स्थायी युद्धविराम हुने र हमासको कब्जामा रहेका सबै बन्धक मुक्त हुने दाबी गर्नुभएको थियो । हमासको कब्जामा रहेका सय भन्दा बढी बन्धकहरुको रिहाइका लागि दुबै समुहसँग जारी वार्ता सकारात्मक रहेको भन्दै प्रधानमन्त्री थानीले रिहाइका लागि केही योजना तयार पारेको स्पष्ट पार्नुभएको थियो । सोही योजनाबारे हमासलाई जानकारी गराउँदा हमासको यो भनाइ सार्वजनिक भएको हो । हमासको पपुलर फ्रन्ट फर द लिबरेशन अफ प्यालेस्टाइनले संयुक्त रुपमा वक्तव्य जारी गर्दै उक्त शर्त अघि सारेको हो ।

यसअघि फ्रान्समा अमेरिका, इजिप्ट र कतारले मिलेर इजरायली प्रतिनिधिहरुसँग वार्ता गरेको थियो । यसैबीच, इजरायलले गरेको आक्रमणमा विगत २४ घण्टामा २१५ जना प्यालेष्टेनीको मृत्यु भएको छ । इजरायलले गरेको स्थलगत र हवाई हमलामा २१५ जनाको ज्यान गएको हो ।

संबन्धित शिर्षकहरु

नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल, उदयशम्शेर राणा र डिला संग्रौला विजयी

रूस र युक्रेन ऊर्जा युद्धविराम गर्न सहमत भएको ट्रम्पको दाबी