राष्ट्रियताका सम्बन्धमा देखिएको एकताप्रति गर्व गर्छु : प्रम ओली

;f+;bsf k|Zgsf] hjfkm lbFb} k|d cf]nL sf7df8f}F, @* h]7 M ;+3Lo ;+;b ejg gofF afg]Zj/df a'waf/ a;]sf] k|ltlglw;efsf] a}7sdf ljlgof]hg ljw]os, @)&& dfly k|wfgdGqL tyf dlGqkl/ifbsf] sfof{no, /fli6«o of]hgf cfof]u, /fi6«klt sfof{nonufot ;DalGwt ljifodf p7]sf k|Zgx?sf] hjfkm lbFb} k|wfgdGqL s]kL zdf{ cf]nL . tl:a/M /Tg >]i7÷/f;;

काठमाडौँ, २८ जेठ :

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताका सवालमा मङ्गलबार प्रतिनिधिसभामा देखिएको अभूतपूर्व एकताप्रति गर्व महसुस भएको बताउनुभएको छ ।

विनियोजन विधेयक, २०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा सम्बन्धित निकायका शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिनुअघि प्रतिनिधिसभा बैठकमा उहाँले सभामा देखिएको असाधारण एकताले आजका राष्ट्रियता र कोभिड –१९ वा यसले उत्पन्न गरेका जटिलताको सामना गर्न हौसला प्रदान गरेको बताउनुभयो ।

सरकारले नेपालको नयाँ नक्शानुसार संविधानको अनुसूची सच्याउन प्रतिनिधिसभामा पेश गरेको संविधान संशोधन प्रस्तावप्रति मंगलबारको बैठकमा सबै दलले सहमति जनाएका थिए । प्रधानमन्त्री ओलीले भन्नुभयो, “दलीय व्यवस्थामा यस्ता एकता कहिलेकहिले मात्र देख्न पाइन्छ तर हाम्रो संसद् यस्ता मामलामा गम्भीर छ ।

आवश्यक परेको बेला एकताबद्ध भएर अघि बढ्न सक्छ भन्ने यस घटनाले देखाएको छ । यसका लागि सबै सांसद र सदनलाई धन्यवाद दिँदै आभार प्रकट गर्दछु ।” उहाँले संसद्भन्दा बाहिर पनि देखिएको एकताका लागि सबैलाई धन्यवाद दिँदै खुशी व्यक्त गर्नुभयो ।

यसमा कसले जस लिने भन्दा पनि यो सबै नेपालीको साझा प्रकटीकरण भएको उल्लेख गर्दै उहाँले यसमा कसैले पनि जस पाउला भनेर र कोही जस लिनबाट छुट्ला भनेर चिन्ता लिनुनपर्ने बताउनुभयो । (रासस)

संबन्धित शिर्षकहरु

अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीबीच द्विपक्षीय व्यापार बढाउनेबारे छलफल

अमेरिकी डलरको भाउ आज स्थिर

नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सात टोली सहभागी हुने