एकतोला सुनको मूल्य करीब रु नब्बे हजार

काठमाडौँ, २९ जेठ :

स्थानीय बजारमा सुनको मूल्यमा अनपेक्षितरुपमा वृद्धि भएको छ । आज बजार खुल्दा प्रतितोला पहेँलो धातुको मूल्य रु ८९ हजार ६०० कायम भई हालसम्मकै उच्च विन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य बुधबारको तुलनामा रु हजारले बढेका छ ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रु ८९ हजार १६५ मा कारोवार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला रु ९५० कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको स्थानीय बजारमा पनि प्रभाव परेको सुनचाँदी व्यवसायीले बताएका छन् ।

गत आइतबारदेखि सुनको मूल्यमा निरन्तर बढोत्तरी भइरहेको छ । उक्त दिन रु ८७ हजार ४०० मा एकतोला सुन खरिद बिक्री भएको थियो । (रासस)

संबन्धित शिर्षकहरु

जर्मनी विश्वकप फुटबलको नकआउट चरणमा : नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो

हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयको कक्षा १२ को परिक्षामा ९३.९३ % विद्यार्थी उतिर्ण

विद्यालयलाई सरकारको निर्देशन – ‘विद्यार्थीको व्यक्तिगत विवरण गोप्य राख्नू’