इंग्लिस प्रिमियर लिग फुटबलमा फुलहमले टोटनहमलाई हरायो

काठमाडौं, ४ चैत्र : इंग्लिस प्रिमियर लिग फुटबलमा फुलहमले टोटनहमलाई हराएको छ । टोटनहमलाई घरेलु टोली फुलहमले ३–० गोलले हराएको हो । गएराति भएको खेलमा फुलहमका रोड्रिगो मुनिजले दुई र सासा लुकिकले एक गोल गरे ।

जितसँगै फुलहम २९ खेलबाट ३८ अङ्क सहित तालिकाको १२ औं स्थानमा छ । २८ खेलमा ५३ अङ्क रहेको टोटनहम पाचौँ स्थानमा छ । फुलहमसँगको हारले टोटनहमले चौथो स्थानमा उक्लने मौका गुमाएको छ । प्रिमियर लिगकै अर्काे खेलमा बर्नलीले ब्रेन्टफर्डलाई २–१ गोलले पराजित गरेको छ ।

यस्तै लुटन टाउन र नटिङ्हम फरेस्टले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

संबन्धित शिर्षकहरु

नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल, उदयशम्शेर राणा र डिला संग्रौला विजयी

रूस र युक्रेन ऊर्जा युद्धविराम गर्न सहमत भएको ट्रम्पको दाबी