काठमाडौँ, ३० जेठ :
पछिल्लो २४ घण्टामा थप ४४८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ५ हजार नाघेको छ । यससँगै नेपालमा थपिएसँगै नेपालमा कुल संक्रमितको ५०६२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार २४ महिला र ४२४ पुरुषमा कोरोना संक्रमण देखिएको हो।
विराटनगर अस्पतामा गरिएको परीक्षणमा ९ जना, शिक्षण अस्पतालमा गरीएको परीक्षणमा १० जना, भरतपुर अस्पतालमा भएको परीक्षणमा ८ जना र पाटन अस्पतालमा गरिएको परीक्षणमा धादिङका १ जनामा कोरोना पोजेटिभ देखिएको उहाँले बताउनुभयो। यस्तै विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३१ जना, कोसी अस्पतालमा भएको परीक्षणमा १७ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा ३७ जना र भेरी अञ्चल अस्पताल प्रयोगशालामा १६ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ३२ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा २३, धुलिखेल अस्पतालमा ८ जना, राप्ती स्वास्थय विज्ञान प्रतिष्ठान दाङमा ८ जना, प्रदेशिक अस्पताल प्रयोगशाला सुर्खेतमा ८३ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा २४ जनामा पोजेटिभ दखिएको छ । यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा १ सय ४१ जनाको पोजेटिभ आएको छ । हालसम्म देशभरका विभिन्न अस्पतालबाट ८७७ जना कोरोनामुक्त भएर ‘डिस्चार्ज’ भएका छन् ।
देशभर हालसम्म एक लाख २१ हजार ८६२ ‘पीसीआर’ परीक्षण गरिएको छ भने एक लाख ८८ हजार ५२ जनाको ‘आरडीटी’ परीक्षण गरिएको छ । पछिल्लो २४ घन्टामा पाँच हजार ९२५ पीसीआर परीक्षण गरिएको उनले बताए । देशभरका ‘क्वारेन्टिन’मा हाल एक लाख ५८ हजार ५० मानिसहरु रहेका छन् । देशभरका ‘आइसोलेसन’मा चार हजार १६९ कोरोना संक्रमित रहेका छन् । नेपालमा कोरोना संक्रमितमध्ये हालसम्म १६ जनाको मृत्यु भएको छ ।