गाजाको अस्पतालमा इजरायली सेनाको कारबाही शुरु

Israeli soldiers work to secure residential areas following a mass-infiltration by Hamas gunmen from the Gaza Strip, in Sderot, southern Israel October 7, 2023. REUTERS/Ammar Awad

काठमाडौं, ६ चैत्र : इजरायली सेनाले गाजाको सबैभन्दा ठूलो अस्पताल अल शिफामा फेरि कारबाही शुरु गरेको छ । सेनाले पछिल्लो समय हमास बिद्रोही सहित ८० जनाभन्दा बढीलाई पक्राउ गरेको जनाएको छ । उनीहरुले हमासले फेरि अस्पतालमा कमाण्ड सेन्टरको तयारी गरिरहेको दावी गरेका छन् । इजरायली सेनाले यसअघि अस्पताल वरपर बस्ने मानिसहरूलाई त्यस क्षेत्र खाली गर्न आग्रह गरेका थिए ।

उनीहरुलाई नटेर्नेहरु पक्राउमा परेका बीबीसी हिन्दीले जनाएको छ । सेनाका कारण अस्पतालमा शरण लिएका गाजाका धेरै शरणार्थीहरू र बिरामीहरु समस्यामा परेका खबरमा उललेख छ । यसैबीच हमासले इजरायली सैन्य कारबाहीलाई नयाँ ‘अपराध’ र ‘आक्रमण’ भन्दै निन्दा गरेको छ ।

यसअघि नोभेम्बर महिनामा पनि इजरायली सेनाले अल शिफा अस्पतालमा सैन्य कारबाही गरेको थियो ।

संबन्धित शिर्षकहरु

हाइटीमा आपराधिक गिरोहकाे आक्रमणमा परी मृत्यु हुनेकाे संख्या ४७ पुग्यो

प्रधानमन्त्री शाहले आज पहिलोपल्ट नियमपूर्वक सांसदहरुलाई जवाफ दिदै

मधेशमा आज मुस्लिम धर्मालम्बीका लागि बिदा दिने सरकारकाे निर्णय