प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं, ६ चैत्र : आज प्रतिनिधिसभाको बैठक बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सांसदहरूले उठाएका प्रश्नहरुको जवाफ दिनु हुनेछ । आज मंगलबार  बस्ने बैठकमा प्रधानमन्त्री दाहालले सांसदले सोधेका प्रश्नहरुको जवाफ दिनु हुने भएको हो ।

संसद् सचिवालयमा सांसदहरूले पहिले नै प्रश्न टिपाउनु पर्छ । संसद् सचिवालयबाट स्वीकृत प्रश्न मात्रै सांसदले प्रधानमन्त्रीलाई सोध्न पाउने व्यवस्था छ ।

राष्ट्रिय सरोकारका समसामयीक विषयमा प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीलाई प्रश्न सोध्न पाउने व्यवस्था रहेको छ । यसै अनुसार गत फागुन ६ गते पनि प्रधानमन्त्री दाहालले सांसदका प्रश्नहरुको जवाफ दिनुभएको थियो ।

संबन्धित शिर्षकहरु

एनपीएलमा आज दुई खेल, जनकपुर–काठमाडौं र कर्णाली–विराटनगर भिड्दै

तिहारमा काठमाण्डौ उपत्यकामा ५२ लाख माला खपत हुने अनुमान

आज सुनचाँदीको भाउ बढ्यो