जेठ ३१, २०७७ बारा :
उपचारको क्रममा मृत्यु भएका बाराको निजगढ–६ का ५ वर्षीय बालकको पीसीआर परीक्षणमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा बालकको शुक्रबार साँझ मृत्यु भएको थियो । अस्पतालमा दुई पटक आरडीटी परीक्षण गर्दा दुवै रिपोर्ट पोजेटिभ देखिएको थियो । शुक्रबार राति गरिएको उनको पीसीआर परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको छ । नारायणी उपक्षेत्रीय अस्पतालमा गरिएको परीक्षणमा कोरोनाको रिर्पोट पोजेटिभ आएको नगर स्वास्थ्य संयोजक रमेश लामाले जानकारी दिए।
ज्वरो आएपछि वीरगञ्ज लगिएका ५ वर्षिय बालकको शुक्रबार मृत्यु भएको हो। मृतक बालकको कोराना परीक्षण गर्दा रिर्पोट पोजेटिभ आएको निजगढ नगरपालिकाका प्रमुख सुरेशकुमार खनालले जानकारी दिए। स्थानीय मेडिकल र निजगढ सामुदायिक अस्पतालमा उपचार गर्दा ज्वरो नियन्त्रणमा नआएपछि उनलाई वीरगञ्ज हेल्थ केयरमा भर्ना गरिएको थियो।बालकको शव अहिले अस्पतालमा रहेको उनले जानकारी दिए। तीन वर्षदेखि शारीरिक रुपमा अशक्त रहेका उनी बुवा–आमासंग अस्पताल पुगेका थिए।