कोरोना भाइरसबाट विश्वमा ४ लाख २८ हजार भन्दा बढीको मृत्यु, करिब ७७ लाख ४१ हजार संक्रमित

जेनेभा स्वीट्जरल्याण्ड ३१ जेठ :

कोरोना भाइरस ( कोभिड १९)  बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख २८ हजार ३४२ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ७७ लाख ४० हजार ५०५ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन ( डब्लुएचओ )  द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । नेपाली समयानुसार शनिबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ३९ लाख ६६ हजार ५६६ जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस संक्रमित ३३ लाख ४५ हजार ५९७ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५३ हजार ८८८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २१ लाख १६ हजार ९२२ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख १६ हजार ८२५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ । दक्षिण अमेरिकामा १३ लाख ५६ हजार २०८ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ५७ हजार ८७० जनाको मृत्यु भएको छ ।

उत्तर अमेरिकामा २४ लाख २७ हजार २०७ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ४३ हजार ३५५ जनाको मृत्यु भएको छ । युरोपमा २१ लाख ७३ हजार ५७८ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ८२ हजार ६७ को मृत्यु भएको छ । एसियामा १५ लाख ४६ हजार २७७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ३८ हजार ८३१ जनाको मृत्यु भएको छ । अफ्रिकामा २ लाख २७ हजार ६०९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ६ हजार ८० जनाको मृत्यु भएको छ । ओसियानामा ८ हजार ९०५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ । (रासस÷एएफपी )

संबन्धित शिर्षकहरु

अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीबीच द्विपक्षीय व्यापार बढाउनेबारे छलफल

अमेरिकी डलरको भाउ आज स्थिर

नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सात टोली सहभागी हुने