पानी अझै पर्न सकेन : दिउँसो लुम्बिनी र राति कोशी तथा मधेशको केहि ठाउँमा हावाहुरीको सम्भावना

काठमाडौं, २३ बैशाख : पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहे पनि पानी पर्न सकेको छैन । लामो समयदेखि पानी पर्न नसक्दा वनमा डढेलोसँगै आगलागीका घटना बढेका छन् । आगलागीजन्य घटनाले क्षति बढ्दो छ । बुधवार/बिहीवारको तुलनामा काठमाण्डौमा अस्ति शुक्रवारदेखि बिहान/बेलुका केही शीतल महसुस गरिएको छ ।

त्यस्तै केही दिन अघिदेखि तराईका विभिन्न ठाउँमा उच्चतम तापक्रम ४० डिग्री सेल्सियस मापन गरिएकोमा हिजो ती ठाउँमा तापक्रम ४० डिग्री सेल्सियस भन्दा कम रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् संजिव अधिकारीले जानकारी दिनुभयो । काठमाण्डौमा आज बिहान न्युनतम तापक्रम १५ दशमलव ४ डिग्री सेल्सियस रहेको थियो भने आज अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान छ ।

आज दिउँसो लुम्बिनी प्रदेशको तराई क्षेत्रका केही ठाउँ तथा राति कोशी र मधेस प्रदेशको तराई क्षेत्रका केही ठाउँमा हुरीबतास चल्न सक्ने महाशाखाको अनुमान छ ।

संबन्धित शिर्षकहरु

हाइटीमा आपराधिक गिरोहकाे आक्रमणमा परी मृत्यु हुनेकाे संख्या ४७ पुग्यो

प्रधानमन्त्री शाहले आज पहिलोपल्ट नियमपूर्वक सांसदहरुलाई जवाफ दिदै

मधेशमा आज मुस्लिम धर्मालम्बीका लागि बिदा दिने सरकारकाे निर्णय