आउँदाे दशकलाई सूचना प्रविधिको दशक बनाउँदै ५ हजार जनालाई रोजगारी दिने घोषणा

राष्ट्रपति पौडेलद्वारा सङ्घीय संसद्को दुवै सदनको बैठकलाई सम्बोधन काठमाडौँ, १ जेठ ःराष्ट्रपति रामचन्द्र पौडेल मङ्गलबार सङ्घीय संसद भवन नयाँ बानेश्वरमा सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई सम्बोधन गर्दै । तस्बिर ः रत्न श्रेष्ठ÷रासस

काठमाडौं, १ जेष्ठ : सरकारले आउँदाे दशकलाई सूचना प्रविधिको दशक बनाउँदै पाँच हजार जनालाई रोजगारी दिने घोषणा गरेको छ । आज सरकारकाे आउँदाे आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पाैडेलले यस्ताे घाेषणा गर्नुभएकाे हाे । राष्ट्रपति पाैडेलले सार्वजनिक निकायमा प्रयोगमा आउने प्रणाली तथा सफ्टवेयर सरकारी क्षेत्रबाट निर्माण गर्ने तथा देशमा विकसित सफ्टवेयरलाई प्राथमिकता दिई उपयोग गर्ने नीति लिइने बताउनुभयाे ।

सूचना प्रविधिलाई डिजिटल आधारको रूपमा लिई सामाजिक आर्थिक रूपान्तरण गर्न आउँदाे दशकलाई सूचना प्रविधि दशकको रूपमा अगाडि बढाइने उल्लेख छ । सूचना प्रविधि उद्योगलाई रोजगारी र सेवा निर्यातको प्रमुख क्षेत्रको रूपमा विकास गर्न प्रोत्साहन गरी नेपाललाई ग्लोबल सूचना प्रविधिकाे हबको रूपमा विकास गरिने कुरा नीति तथा कार्यक्रममा छ । काठमाण्डाै उपत्यका र प्रत्येक प्रदेशका उपयुक्त ठाउँहरूमा सूचना प्रविधि वर्क स्टेशन सञ्चालन गरी कम्तीमा पाँच हजार रोजगारी सिर्जना गरिने उल्लेख छ ।

यस्तै सरकारले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्नका लागि प्रोत्साहनका कार्यक्रम ल्याउने भएको छ । अर्बाैँ ऋण लगानीमा ठूला पूर्वाधार बनाए पनि सञ्चालन गर्न नसकेपछि थप प्रोत्साहनका कार्यक्रम ल्याउने सरकारले घोषणा गरेको हो ।

संबन्धित शिर्षकहरु

हाइटीमा आपराधिक गिरोहकाे आक्रमणमा परी मृत्यु हुनेकाे संख्या ४७ पुग्यो

प्रधानमन्त्री शाहले आज पहिलोपल्ट नियमपूर्वक सांसदहरुलाई जवाफ दिदै

मधेशमा आज मुस्लिम धर्मालम्बीका लागि बिदा दिने सरकारकाे निर्णय