नेकपा सचिवालय बैठक बस्दै

काठमाडौं, ३२ जेठ :
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को सचिवालय बैठक आज बस्दै छ । अपराह्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा पार्टीभित्र विवादित बनेको एमसीसीलाई निर्क्यौलमा पुर्याउने तयारी भएको छ ।

बैठकमा एमसीसी कार्यदलका सदस्यद्वय भीम रावल र प्रदीप ज्ञवाली तथा अर्थमन्त्री डा. युवराज खतिवडा पनि सह्रिक हुने बताइएको छ । उनीहरूलाई आमन्त्रित सदस्यको रुपमा बैठकमा सहभागी हुनेछन् ।

एमसीसीलाई प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरहरूले राष्ट्र हितका पक्षमा भएकाले संसदबाट अनुमोदन गर्नु पर्ने बताउँदै आएका छन् भने उनी इतरका समुहले राष्ट्रहितमा नरहेको भन्दै संसोधनपछि मात्रै एमसीसीलाई अघि बढाउन सकिने जनाएका छन् ।

संबन्धित शिर्षकहरु

हाइटीमा आपराधिक गिरोहकाे आक्रमणमा परी मृत्यु हुनेकाे संख्या ४७ पुग्यो

प्रधानमन्त्री शाहले आज पहिलोपल्ट नियमपूर्वक सांसदहरुलाई जवाफ दिदै

मधेशमा आज मुस्लिम धर्मालम्बीका लागि बिदा दिने सरकारकाे निर्णय