आजदेखि वैकल्पिक विधिबाट पठनपाठन सुरु

काठमाडौं, १ असार :
कोरोना महामारीको त्रासकै बीच सरकारले आजदेखि विद्यालय तहका विद्यार्थीलाई वैकल्पिक विधिबाट पठनपाठन सुरू गर्ने भएको छ ।

शिक्षा मन्त्रालय अन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्र श्रव्यदृश्य शाखा सानोठिमी भक्तपुरले टिभी, रेडियो, इन्टरनेट, एफएम लगायतबाट पठनपाठन सुरू गर्न लागिएको जानकारी दिएको छ ।

आधारभूत तहका विद्यार्थीलाई बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म विषयगत रूपमा पठनपाठन गराइने छ भने कक्षा ९ र १० को हकमा बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म पठनपाठनको समय तोकिएको छ ।

एउटा कक्षाको समयावधि करिब ३५ मिनेटको हुनेछ । केन्द्रले सम्भव भएसम्म विद्यार्थीलाई सबै विषय पठनपाठन गराइने जनाएको छ ।

संबन्धित शिर्षकहरु

कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा वर्षा

मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै

एन्फा अध्यक्ष नेम्वाङसहित पदाधिकारीलाई विदेश भ्रमणमा रोक