स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडको विजयी सुरुआत

काठमाडौं, १ असार :
कोरोना महामारीले रोकिएको स्पेनिस ला लिगा फुटबल पुनस् सुरु हुँदा आइतबार राति रियल मड्रिडले विजयी सुरुआत गरेको छ । प्रशिक्षक जिनेदिन जिदानले क्लबका लागि २००औं खेलमा प्रशिक्षकत्व निभाएको दिन रियलले इबरलाई ३-१ ले पराजित गरेको हो ।

योसँगै रियलले शीर्षस्थानको बार्सिलोनासँगको दूरी २ अंकमा छोट्याएको छ। रियलले २८ खेलबाट ५९ अंक जोडेको छ। त्यतिनै खेलबाट शीर्षमा रहेको बार्सिलोनाको ६१ अंक छ। बेर्नाबेउ स्टेडियम पुर्नस् निर्माण भईरहेकाले रियलले आफ्ना बाँकी घरेलु खेलहरु ट्रेनिङ मैदान इस्टाडियो अल्फिडो मैदानमा खेलिरहेको छ।

टोनी क्रुसले चौथो मिनेटमा नै रियललाई अग्रता दिलाएका थिए। पहिलो हाफ अघि नै सर्जियो रोमास र मार्सेलोले थप २ गोल गरे। इबरका लागि ६०औं मिनेटमा पेड्रो बिगासले एक गोल फर्काए। दोस्रोपल्ट क्लबको प्रशिक्षकत्व सम्हाल्न आएका जिदान २ सय खेलमा प्रशिकत्व सम्हाल्ने रियलका तेस्रो प्रशिक्षक हुन।

रियलमा रहँदा उनले क्लबलाई १० उपाधि दिलाइसकेका छन।

संबन्धित शिर्षकहरु

गणतन्त्र दिवस ३ दिन मनाइने, प्रधानमन्त्रीकाे अध्यक्षतामा मूल समाराेह समिति गठन

जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यको विषयमा छलफल गर्न सगरमाथा संवाद शुरू

‘हेल्लो काँशिराम’ र ‘के घर के डेरा घर नं. २’ आजदेखि प्रदर्शनमा