ए डिभिजन लिग फुटबलको अन्तिम खेलमा त्रिभुवन र मछिन्द्र भिड्दै

काठमाडौँ, ३ फागुन :
शहीद स्मारक ए डिभिजन लिग फुटबलको अन्तिम खेलमा आज त्रिभुवन आर्मी र मछिन्द्र क्लब भिड्दैछन् । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल दिउँसो साढे १ बजे सुरु हुनेछ । आज हुने अन्तिम खेलले लिग विजेता टोलीको टुङ्गो लगाउनेछ ।

लिगले आज नयाँ क्लबलाई च्याम्पियनको रुपमा पाउन लागेको हो । दुवै टिमले अहिलेसम्म घरेलु लिगको उपाधि जित्न सकेका छैनन् । लिगमा आर्मी र दोस्रो स्थानको मछिन्द्र अन्तिम खेल जित्दै उपाधि जित्ने दाउमा छन् ।

लिगको अन्तिम खेल बाँकी रहदा मछिन्द्र आर्मी भन्दा एक अंकले पछि रहेको छ । त्यसैले उपाधि जित्न अन्तिम खेलमा मछिन्द्रलाई जित्नै पर्ने दबाब रहेको छ । बराबर र हारले मछिन्द्र च्याम्पियन बन्ने छैन । आर्मीको २९ अंक रहदा मछिन्द्रको २८ अंक रहेको छ ।

संबन्धित शिर्षकहरु

जर्मनी विश्वकप फुटबलको नकआउट चरणमा : नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो

हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयको कक्षा १२ को परिक्षामा ९३.९३ % विद्यार्थी उतिर्ण

विद्यालयलाई सरकारको निर्देशन – ‘विद्यार्थीको व्यक्तिगत विवरण गोप्य राख्नू’