ए डिभिजन लिग फुटबलको अन्तिम खेलमा त्रिभुवन र मछिन्द्र भिड्दै

काठमाडौँ, ३ फागुन :
शहीद स्मारक ए डिभिजन लिग फुटबलको अन्तिम खेलमा आज त्रिभुवन आर्मी र मछिन्द्र क्लब भिड्दैछन् । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल दिउँसो साढे १ बजे सुरु हुनेछ । आज हुने अन्तिम खेलले लिग विजेता टोलीको टुङ्गो लगाउनेछ ।

लिगले आज नयाँ क्लबलाई च्याम्पियनको रुपमा पाउन लागेको हो । दुवै टिमले अहिलेसम्म घरेलु लिगको उपाधि जित्न सकेका छैनन् । लिगमा आर्मी र दोस्रो स्थानको मछिन्द्र अन्तिम खेल जित्दै उपाधि जित्ने दाउमा छन् ।

लिगको अन्तिम खेल बाँकी रहदा मछिन्द्र आर्मी भन्दा एक अंकले पछि रहेको छ । त्यसैले उपाधि जित्न अन्तिम खेलमा मछिन्द्रलाई जित्नै पर्ने दबाब रहेको छ । बराबर र हारले मछिन्द्र च्याम्पियन बन्ने छैन । आर्मीको २९ अंक रहदा मछिन्द्रको २८ अंक रहेको छ ।

संबन्धित शिर्षकहरु

क्यानडामा मानिसको भीडमा कार जोतिँदा धेरै जनाको ज्यान गयाे : प्रहरी

राष्ट्रिय महिला तथा पुरुष हक्की प्रतियोगिता आउँदो बुधवारदेखि

जम्मू–कश्मीरको भारत–पाकिस्तान नियन्त्रण रेखा वरपर गोलाबारी