भारतमा एकैदिनमा ११ हजार ५०० भन्दा बढी संक्रमित, कुल संक्रमित तीन लाख ३२ हजार नाघे

नयाँदिल्ली, १ असार :

भारतमा एक दिनमा ११ हजार ५०२ जना कोरोना भाइरस संक्रमित भएका छन् । यद्यपी शनिबारको तुलनमा भारतमा संक्रमितको संख्यामा केही कमि आएको पाइएको छ । शनिबार एक दिनमा ११ हजार ९२९ जनामा कोरोनमा भाइरस संक्रमण देखिएको थियो भने आइतबार ११ हजार ५०० जनामा संक्रमण देखिएको बताइएको छ ।

केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार सोमबार बिहानसम्ममा एकैदिनमा ११ हजार ५०२ जना संक्रमित भएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारण भारतमा ३२५ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको संख्या ९ हजार ५२० पुगेको छ । भारतमा कोरोनाभाइरसबाट संक्रमितहरुको कुल संख्या अहिले ३ लाख ३२ हजार ४२४ पुगेको छ ।

कुल संक्रमित मध्ये १ लाख ५४ हजार १०६ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् भने १ लाख ६९ हजार ७९८ जना संक्रमण मुक्त भएका छन् । भारतमा प्रदेश अनुसार हेर्ने हो भने सवैभन्दा धेरै महाराष्ट्र प्रदेशमा संक्रमित रहेका छन् ।

त्यस प्रदेशमा १ लाख ७ हजार ९५८ जना संक्रमित भएका छन् । महाराष्ट्रमा ५३ हजार ३० जना संक्रमित अवस्थामा नै रहेका छन् भने ५० हजार ९७८ जना उपचारपछि घर फर्किएका छन् । महाराष्ट्र कोरोना भाइरसको संक्रमणको कारण ३ हजार ९५० जनाको मृत्यु भएको छ ।

कोरोना भाइरस संक्रमणको कारण दोस्रो स्थानमा रहेको तमिलनाडु प्रदेशमा ४४ हजार ६६१ जना र तेस्रो धेरै संक्रमण रहेको दिल्ली प्रदेशमा ४१ हजार १८२ जना संक्रमित रहेका छन् ।(रासस-एएनआई)

 

 

 

संबन्धित शिर्षकहरु

गणतन्त्र दिवस ३ दिन मनाइने, प्रधानमन्त्रीकाे अध्यक्षतामा मूल समाराेह समिति गठन

जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यको विषयमा छलफल गर्न सगरमाथा संवाद शुरू

‘हेल्लो काँशिराम’ र ‘के घर के डेरा घर नं. २’ आजदेखि प्रदर्शनमा