Skip to content
Facebook-f Twitter Youtube
Preeti to Unicode
  • समाचार
  • राजनीति
  • स्थानीय
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम प्रदेश
  • समाज
  • आर्थिक
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • पत्रपत्रिका
  • विविध
    • अन्तर्वार्ता
    • भिडियो
    • साहित्य
    • स्वास्थ्य
    • रोचक
  • समाचार
  • राजनीति
  • स्थानीय
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम प्रदेश
  • समाज
  • आर्थिक
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • पत्रपत्रिका
  • विविध
    • अन्तर्वार्ता
    • भिडियो
    • साहित्य
    • स्वास्थ्य
    • रोचक

भारतीय पेन्सनधारी नेपालीलाई पेन्सन बुझ्न समस्या

  • २०७७ असार २, मंगलवार ११:२१

बैतडी, २ असार :

करिब तीन महिनादेखि सीमानाका बन्दा हुँदा भारतीय पेन्सनधारी नेपाली नागरिकलाई समस्या भएको छ । भारतीय सेनाबाट सेवानिवृत्त भएका र अन्य भारतीय सरकारी कार्यालयबाट निवृत्त भएका नेपाली नागरिकलाई पेन्सनको रकम प्राप्त गर्न समस्या भएको हो । भारतीय पेन्सनधारीको पेन्सनवापतको पैसा भारतीय बैंकमै आउने गर्दछ ।
जारी लकडाउनका कारण सीमानाका बन्द भएपछि गएको तीन महिनायता पेन्सन नपाएको डिलाशैनी–६ का रतनसिंह मालले बताउनुभयो । सीमानाका बन्द हुँदा धेरै समस्या भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोना भाइरसका कारण सीमानाका बन्द हुँदा पेन्सन बुझ्न भारतीय बैंकमा जान पाएको छैन ।”
सीमानाका बन्द हुँदा पेन्सन बुझ्न नपाएको र यसले दैनिक घरधन्दा चलाउन नै मुस्किल भएको डिलाशैनी–६ कै जयबहादुर मालले बताउनुभयो । उहाँले भन्नुभयो, “मासिक आउने पेन्सनले घरपरिवार चलाइरहेको थिएँ, लकडाउनले सीमापुल बन्द भएपछि निकै समस्या भएको छ ।”
बैतडी भारतसँग सीमा जोडिएको जिल्ला भएकाले यो जिल्लाका धेरै नागरिक भारतीय सेनाबाट निवृत्त भएका छन् । उनीहरुले मासिकरूपमा पेन्सन पाउँदै आएका भए पनि लकडाउनका कारण पछिल्लो तीन महिनायता पेन्सन पाउन सकेका छैनन् ।
भारतबाट पेन्सन बुझ्ने नेपालीहरुलाई नाकाबाट प्रवेश गराई समस्या समाधानका लागि भारतको पिथौरागढ जिल्लाका डिएमसँग आफूले कुराकानी र समन्वय गरिरहेको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताउनुभयो । “सीमानाका दुई देशको सहमतिले खुल्ने कुरा हो हामीले चाहेर मात्रै सक्दैनौँ”, उहाँले भन्नुभयो, “भारतीय पक्षले सहमति जनाएपछि हाम्रोतर्फबाट नि तयारी गर्छौँ ।”
बैतडीबाट मात्रै करिब दुई हजार बढी नागरिकले भारतको झुलाघाटबाट पेन्सन बुझ्ने गरेका छन् । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण गत चैत ११ गतेदखि सीमानाका बन्द छन् । (रासस)

संबन्धित शिर्षकहरु

स्वस्तिक नेपाल भरतपुरको वार्षिक कार्ययोजना गोष्ठी सम्पन्न

इरानको मिसाइल आक्रमणबाट इजरायलमा ज्यान गुमाउनेको सङख्या ६ पुग्यो

बङ्गलादेशमा बिजुली निर्यात शुरु : पाँच महिनासम्म दैनिक ४० मेगावाट निर्यात गरिने

ताजा अपडेट

भरतपुर महानगरसँग नेकपा एमाले भरतपुर महानगर कमिटीको विभिन्न माग

स्वस्तिक नेपाल भरतपुरको वार्षिक कार्ययोजना गोष्ठी सम्पन्न

इरानको मिसाइल आक्रमणबाट इजरायलमा ज्यान गुमाउनेको सङख्या ६ पुग्यो

बङ्गलादेशमा बिजुली निर्यात शुरु : पाँच महिनासम्म दैनिक ४० मेगावाट निर्यात गरिने

फिफा क्लब विश्वकप आजदेखि शुरू

लोक सेवा आयोगको आज ७५ औँ वार्षिकोत्सव : यसवर्ष आयोगले हीरक महोत्सवका रूपमा मनाउँदै

सम्पर्क

हनि मिडिया प्रा.लि द्वारा सञ्चालित चितवन पाटी डट.कम.

भरतपुर–११ , चितवन

सूचना बिभाग दर्ता नं.  १८१९/०७६-७७

सम्पर्क
९८५५०१११८०, ९८५५०३१७८१, ९८४५६७२०५८

ई–मेल
chitwanpati@gmail.com

हाम्रो टिम

अध्यक्ष
मुकुन्द प्रसाद भुसाल

प्रधान सम्पादक
हेम राज रिमाल

सम्पादक
सरोज खनाल

सह-सम्पादक
गिता दराई घिमिरे

संवाददाता
सुनिल पौडेल
प्रतिमा तामाङ
राजेश पाण्डे

साईट म्याप

  • गृहपृष्ठ
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • समाज
  • रोचक
  • स्वास्थ्य
  • साहित्य
विज्ञापनको लागी रेट लिस्ट

© 2020-2025, Honey Media Pvt. Ltd. | All rights Reserved.

Website By: WEBSOFTNEPAL