Skip to content
Facebook-f Twitter Youtube
Preeti to Unicode
  • समाचार
  • राजनीति
  • स्थानीय
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम प्रदेश
  • समाज
  • आर्थिक
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • पत्रपत्रिका
  • विविध
    • अन्तर्वार्ता
    • भिडियो
    • साहित्य
    • स्वास्थ्य
    • रोचक
  • समाचार
  • राजनीति
  • स्थानीय
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम प्रदेश
  • समाज
  • आर्थिक
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • पत्रपत्रिका
  • विविध
    • अन्तर्वार्ता
    • भिडियो
    • साहित्य
    • स्वास्थ्य
    • रोचक

भारतीय पेन्सनधारी नेपालीलाई पेन्सन बुझ्न समस्या

  • २०७७ असार २, मंगलवार ११:२१

बैतडी, २ असार :

करिब तीन महिनादेखि सीमानाका बन्दा हुँदा भारतीय पेन्सनधारी नेपाली नागरिकलाई समस्या भएको छ । भारतीय सेनाबाट सेवानिवृत्त भएका र अन्य भारतीय सरकारी कार्यालयबाट निवृत्त भएका नेपाली नागरिकलाई पेन्सनको रकम प्राप्त गर्न समस्या भएको हो । भारतीय पेन्सनधारीको पेन्सनवापतको पैसा भारतीय बैंकमै आउने गर्दछ ।
जारी लकडाउनका कारण सीमानाका बन्द भएपछि गएको तीन महिनायता पेन्सन नपाएको डिलाशैनी–६ का रतनसिंह मालले बताउनुभयो । सीमानाका बन्द हुँदा धेरै समस्या भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोना भाइरसका कारण सीमानाका बन्द हुँदा पेन्सन बुझ्न भारतीय बैंकमा जान पाएको छैन ।”
सीमानाका बन्द हुँदा पेन्सन बुझ्न नपाएको र यसले दैनिक घरधन्दा चलाउन नै मुस्किल भएको डिलाशैनी–६ कै जयबहादुर मालले बताउनुभयो । उहाँले भन्नुभयो, “मासिक आउने पेन्सनले घरपरिवार चलाइरहेको थिएँ, लकडाउनले सीमापुल बन्द भएपछि निकै समस्या भएको छ ।”
बैतडी भारतसँग सीमा जोडिएको जिल्ला भएकाले यो जिल्लाका धेरै नागरिक भारतीय सेनाबाट निवृत्त भएका छन् । उनीहरुले मासिकरूपमा पेन्सन पाउँदै आएका भए पनि लकडाउनका कारण पछिल्लो तीन महिनायता पेन्सन पाउन सकेका छैनन् ।
भारतबाट पेन्सन बुझ्ने नेपालीहरुलाई नाकाबाट प्रवेश गराई समस्या समाधानका लागि भारतको पिथौरागढ जिल्लाका डिएमसँग आफूले कुराकानी र समन्वय गरिरहेको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताउनुभयो । “सीमानाका दुई देशको सहमतिले खुल्ने कुरा हो हामीले चाहेर मात्रै सक्दैनौँ”, उहाँले भन्नुभयो, “भारतीय पक्षले सहमति जनाएपछि हाम्रोतर्फबाट नि तयारी गर्छौँ ।”
बैतडीबाट मात्रै करिब दुई हजार बढी नागरिकले भारतको झुलाघाटबाट पेन्सन बुझ्ने गरेका छन् । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण गत चैत ११ गतेदखि सीमानाका बन्द छन् । (रासस)

संबन्धित शिर्षकहरु

नेपालको महिला टोली एसिया कपमा छनोट हुन सकेन

रास्वपा बागमती प्रदेश अधिवेशन स्थगित

सुनको भाउ आज तोलामै १० हजार १०० रुपैयाँले घट्यो

ताजा अपडेट

विद्यालयलाई सरकारको निर्देशन – ‘विद्यार्थीको व्यक्तिगत विवरण गोप्य राख्नू’

नेपालको महिला टोली एसिया कपमा छनोट हुन सकेन

रास्वपा बागमती प्रदेश अधिवेशन स्थगित

सुनको भाउ आज तोलामै १० हजार १०० रुपैयाँले घट्यो

चितवन मेडिकल कलेजमा मस्तिष्कको नसा चिरफार नगरी शल्यक्रिया

विश्वव्यापी द्वन्द्व दोस्रो विश्वयुद्धपछिको उच्चतम स्तरमा : प्रतिवेदन

सम्पर्क

हनि मिडिया प्रा.लि द्वारा सञ्चालित चितवन पाटी डट.कम.

भरतपुर–११ , चितवन

सूचना बिभाग दर्ता नं.  १८१९/०७६-७७

सम्पर्क
९८५५०१११८०, ९८५५०३१७८१, ९८४५६७२०५८

ई–मेल
chitwanpati@gmail.com

हाम्रो टिम

अध्यक्ष
मुकुन्द प्रसाद भुसाल

प्रधान सम्पादक
हेम राज रिमाल

सम्पादक
सरोज खनाल

सह-सम्पादक
गिता दराई घिमिरे

संवाददाता
सुनिल पौडेल
प्रतिमा तामाङ
राजेश पाण्डे

साईट म्याप

  • गृहपृष्ठ
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • समाज
  • रोचक
  • स्वास्थ्य
  • साहित्य
विज्ञापनको लागी रेट लिस्ट

© 2020-2026, Honey Media Pvt. Ltd. | All rights Reserved.

Website By: WEBSOFTNEPAL