युनाइटेडलाई हराउँदै सिटीले जित्यो कम्युनिटी शिल्डको उपाधि

काठमाडौं, २७ साउन : एफए कम्युनिटी शिल्डको उपाधि म्यान्चेस्टर सिटीले जितेको छ । वेम्बली रङ्गशालामा गएराति भएको खेलमा सिटीले म्यान्चेस्टर युनाइटेडलाई सडन डेथमा ७–६ गोलले हरायो । इंग्लिस प्रिमियर लिग र एफए कपको उपाधि विजेता टोलीबीच कम्युनिटी शिल्डको उपधिका लागि प्रतिस्पर्धा हुने गर्छ ।

सिटी प्रिमियर लिग च्याम्पियन र युनाइटेड एफए कप च्याम्पियन टोली हो । खेलमा निर्धारित समय एक–एक गोलको बराबरी भएको थियो । ८२औं मिनेटमा अलेजान्ड्रो गार्नाचोले गोल गर्दै म्यान्चेस्टर युनाइटेडलाई अग्रता दिलाएका थिए । तर युनाइटेडले यो अग्रता जोगाउन सकेन । ८९औँ मिनेटमा सिटीका बर्नाल्डो सिल्भाले गोल गरे ।

बराबरीपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा भएको थियो । पेनाल्टीमा दुबै टोलीबाट ४–४ गाेलको बराबरी भएपछि खेल सडन डेथमा पुगेको थियो, जसमा सिटी विजयी भयो ।

संबन्धित शिर्षकहरु

हाइटीमा आपराधिक गिरोहकाे आक्रमणमा परी मृत्यु हुनेकाे संख्या ४७ पुग्यो

प्रधानमन्त्री शाहले आज पहिलोपल्ट नियमपूर्वक सांसदहरुलाई जवाफ दिदै

मधेशमा आज मुस्लिम धर्मालम्बीका लागि बिदा दिने सरकारकाे निर्णय