एन्फा महिला लिगमा आज पुलिस क्लब र कर्णाली प्रदेश खेल्दै

काठमाडौं, ९ असोज : एन्फा महिला लिग फुटबलमा आज विभागीय टोली नेपाल पुलिस क्लब र कर्णाली प्रदेश खेल्दैछन् । यो खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सकाे मैदानमा दिउँसो ३ बजे शुरू हुनेछ ।

पुलिस ७ खेलमा १५ अङ्कका साथ तालिकाकाे तेस्रो स्थानमा छ । कर्णाली ७ खेलमा ४ अङ्कका साथ पुछारबाट दोस्रो स्थानमा छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा चलिरहेको लिगमा १० वटा टोली सहभागी छन् ।

संबन्धित शिर्षकहरु

एनपीएलमा आज दुई खेल, जनकपुर–काठमाडौं र कर्णाली–विराटनगर भिड्दै

तिहारमा काठमाण्डौ उपत्यकामा ५२ लाख माला खपत हुने अनुमान

आज सुनचाँदीको भाउ बढ्यो