प्रिमियर लिग फुटबलमा आज बोर्नमाउथ र साउथह्याम्प्टन खेल्दै

काठमाडौं, १४ असोज : इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज बोर्नमाउथ र साउथह्याम्प्टन खेल्दै छन् । खेल नेपाली समय अनुसार राति पानै १ बजे बोर्नेमाउथ मा डीन कोर्टमा हुनेछ । हिजो भएका खेलमा टोटनहमले म्यानचेस्टर युनाइटेडलाई ३–० गोलले हरायो ।

यस्तै ईपस्विच टाउन र एस्टन भिल्लाले २–२ गोलको बराबरी खेले । बोर्नमाउथ पाँच खेलबाट पाँच अङ्कसहित तालिकाको तेह्रौं स्थानमा छ । समान खेल खेलेको साउथह्याम्प्टन एक अङ्कसहित पुछारबाट दोश्रो स्थानमा छ ।

लिगको शीर्ष स्थानमा लिभरपुल, दोस्रो स्थानमा म्यानचेस्टर सिटी, तेस्रो स्थानमा आर्सनल र चौथो स्थानमा चेल्सी रहेको छ ।

संबन्धित शिर्षकहरु

एनपीएलमा आज दुई खेल, जनकपुर–काठमाडौं र कर्णाली–विराटनगर भिड्दै

तिहारमा काठमाण्डौ उपत्यकामा ५२ लाख माला खपत हुने अनुमान

आज सुनचाँदीको भाउ बढ्यो