काठमाडौं, १५ असोज : त्रिदेशीय टी–२० क्रिकेट श्रृङ्खला अन्तर्गत तेस्रो खेलमा नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दैछ । यो खेल नेपाली समयअनुसार राति पौने १० बजे किङ्गसिटीमा शुरु हुनेछ ।
श्रृङ्खलाको पहिलो खेलमा शनिवार नेपाल घरेलु टोली क्यानडासँग १४ रनले पराजित भएको थियो । अस्ति भएको आफ्नो दोस्रो खेलमा नेपालले ओमानलाई ३७ रनले हराएको थियो । नेपालले चौथो खेलमा भोलि ओमानसँग खेल्नेछ ।
हिजो भएको खेलमा ओमानले घरेलु टोली क्यानडालाई ८ विकेटले हराएको थियो ।





