काठमाडौं, २१ मंसिर : आज सुनको भाउ ६ सय रुपैयाँले घटेको छ । सुनकाे भाउ ६ सयले घटेर ताेलाकाे एक लाख ५० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाकाे एक लाख ५० हजार सात सय रुपैयाँ रहेको थियो । आज चाँदीको भाउ भने बढेको छ । चाँदीकाे भाउ १० रुपैयाँले बढेर ताेलाकाे एक हजार आठ सय ९० रुपैयाँ कायम भएकाे महासङ्घले जनाएको छ ।





