प्रदेश विशेष अभियानको लागि नेकपाको तयारी शुरु 

काठमाडौँ,  ४ फागुन :

नेपाल कम्युनिष्ट पार्टी नेकपाले प्रदेश विशेष अभियानको लागि तयारी शुरु गर्दैछ । आगामी चैत १ गतेदेखि सुरु हुने प्रदेशहरुको विशेष अभियानका लागि आज पाँच नम्बर प्रदेशबाट यसको थालनी गर्न लागको हो। दिउँसो १२ बजे बाँकेको कोहलपुरमा औपचारिक कार्यक्रम गरी अभियानका लागि तयारी शुरु गर्न लागेको प्रदेश पाँचकी अध्यक्ष ओनसरी घर्तीले जानकारी दिइन् ।

कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिव विष्णु पौडेल, सचिवालय सदस्य रामबहादुर थापालगायत शीर्ष नेताहरु सहभागी हुने घर्तीले बताइन् । एकता सन्देश स्थानीय तहसम्म लैजाने उदेश्यले पार्टीले आगामी चैत १ गते देखि सुरु गर्न लागेको प्रदेश स्तरीय अभियानका लागि पाँच नम्बर प्रदेशले आजदेखि तयारी थाल्न लागेको नेकपा केन्द्रिय कार्यलयका सचिव इश्वरी रिजालले बताए ।

अन्य प्रदेशले पनि आफ्नो अनुकुलतामा अभियानको पुर्वतयारी थाल्ने रिजालको भनाइ छ । बिषेश अभियानको अवधिभर बैठक, प्रशिक्षण र सभा गर्ने नेकपाको तयारी छ । माघको १५ गतेदेखि १९ गतेसम्म चलेको नेकपा केन्द्रीय कमिटी बैठकमा अध्यक्ष एवंम् प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट प्रचण्डले संयुक्तरुपमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा विशेष अभियानको प्रस्ताव समावेश थियो ।

उक्त प्रतिवेदनका आधारमा नेकपाले अभियान संचालन गर्न लागेको हो । चैत र वैशाखमा केन्द्रीय संगठन विभागको योजना र निर्देशनअनुरूप संगठित सदस्यता नवीकरण गर्ने नेकपाले जनाएको छ । चैतको १ गतेदेखि जेठसम्म पार्टीको एकता सुदृढीकरण र जनसम्बन्ध विस्तारका लागि जिल्ला तहदेखि स्थानीय तहसम्म अभियान सञ्चालन हुने नेकपाले जनाएको छ ।

अभियानपछि आगामी वर्षको भदौदेखि मंसीरसम्ममा सबै स्थानीय र प्रदेश तहका अधिवेशन सम्पन्न गरी चैतमा पार्टीको महाधिवेशन गर्ने नेकपाले निर्णय गरेको छ ।

संबन्धित शिर्षकहरु

त्रिविका ३८ वटा क्याम्पसमा मात्रै स्ववियु चुनाव सम्पन्न

१९ वर्षमुनिको साफ च्याम्पियनशिपको खेलतालिका सार्वजनिक

पहुँचको नभइ पद्धतिको थिति बसाल्ने प्रयत्न गर्छु : प्रहरी महानिरीक्षक थापा