राष्ट्रिय सभामा आज बजेटसँग सम्वन्धित आश्रित विधेयकमाथि सैद्धान्तिक छलफल हुने

काठमाडौं, ५ असार :
राष्ट्रिय सभामा आज आगामी आर्थिक वर्षको बजेटसँग सम्वन्धित आश्रित विधेयकमाथि सैद्धान्तिक छलफल हुने भएको छ ।

विहान ११ बजे बस्ने बैठकमा आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत २४औं संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ । बजेटको महत्वपूर्ण अंग मानिने विनियोजन विधेयक भने हिजो नै पारित भइसकेको छ ।

बजेटसँग सम्वन्धित चार वटै विधेयक प्रतिनिधि सभाले बहुमतले पारित गरी राष्ट्रिय सभामा पठाएको हो । सरकारले स्वास्थ्य र रोजगारीलाई विशेष प्राथमिकता दिंदै आगामी आर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको थियो ।

यस्तै आजको बैठकमा प्रतिनिधि सभाबाट आएको केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक माथि पनि सैद्धान्तिक छलफल हुने सचिवालयले जनाएको छ ।

संबन्धित शिर्षकहरु

स्वस्तिक नेपाल भरतपुरको वार्षिक कार्ययोजना गोष्ठी सम्पन्न

इरानको मिसाइल आक्रमणबाट इजरायलमा ज्यान गुमाउनेको सङख्या ६ पुग्यो

बङ्गलादेशमा बिजुली निर्यात शुरु : पाँच महिनासम्म दैनिक ४० मेगावाट निर्यात गरिने