इण्डियन प्रिमियर लीग आइपीएलको तालिका सार्वजनिक 

काठमाडौँ, ४ फागुन :

इण्डियन प्रिमियर लीग (आइपीएल)को तालिका सार्वजनिक भएको छ । भारतको बहुचर्चित आइपीएलको तालिका सार्वजनिक भएको हो। तालिका अनुसार आगामी मार्च २९ देखि शुरु हुने प्रतियोगिताको फाइनल भने मे २४ मा हुने छ । पहिलो खेल मे २९ मा चेन्नई सुपर किङस र मुम्बई इण्डियनबीच मुम्बईमा हुने छ ।

गत संस्करणको विजेता मुम्बईले उपविजेता चेन्नाईसँग खेल्ने छ । मुम्बईको कप्तान रोहित शर्मा रहेका छन् भने चेन्नाईको कप्तान भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्रसिंह धोनी रहेका छन् । पहिलो पटक आइपीएलमा शनिबार दुई खेल राखिएको छैन् । आइतबार भने दुई खेल हुने छ ।

आईपीएलमा चेन्नाइ सुपरकिङस्, मुम्बई इण्डियन, राजस्थान रोयल, दिल्ली क्यापिटल, रेयल च्यालेन्जर्स बैग्लोर सनराई हैदरावाद किङ्स इलाभेन पञ्जाव कोलकाता नाइट राइडर्स रहेका छन् । नेपाली बलर सन्दीप लामिछानेले दिल्ली क्यापिटलबाट खेल्ने छन् ।

संबन्धित शिर्षकहरु

त्रिविका ३८ वटा क्याम्पसमा मात्रै स्ववियु चुनाव सम्पन्न

१९ वर्षमुनिको साफ च्याम्पियनशिपको खेलतालिका सार्वजनिक

पहुँचको नभइ पद्धतिको थिति बसाल्ने प्रयत्न गर्छु : प्रहरी महानिरीक्षक थापा