सन नेपाल लाइफको गण्डकी प्रदेश प्रमुखमा सापकोटा

काठमाडौं, १३ माघ : सन नेपाल लाइफको गण्डकी प्रदेश प्रमुखमा ईश्वर विकल सापकोटा भित्रिएका छन् । सापकोटाले प्रदेश प्रमुखको जिम्मेवारी सम्हालेको औपचारिक घोषणा सन नेपाल लाइफले आधिकारिक सामाजिक सञ्जालमार्फत गरेको छ ।

जीवन बीमा पेशामा ढेड दशक देखि सकृय सापकोटासँग कुशल प्रशिक्षण, अनुसन्धान एवम् अध्यापन कार्य गरेको समेत अनुभव छ । सापकोटा प्राइम लाइफ इन्स्योरेन्सबाट जीवन बीमा क्षेत्रमा प्रवेश गरेको हुन् ।

उनि प्राइम लाइफपछि साबिक ज्योति लाइफ इन्स्योरेन्स हुँदै सुर्यज्योति लाइफमा आबद्ध भएका थिए । सापकोटाले भारतको सिक्किम मनिपाल विश्वविद्यालयबाट स्नातकोत्तर तहको शैक्षिक उपाधि हासिल गरेका छन् ।

संबन्धित शिर्षकहरु

प्रतिनिधि सभाको बैठक आज बस्दै: (सम्भावित-कार्यसूचीसहित)

सुनचाँदीको भाउ आज पनि घट्यो

आज काठमाण्डौ उपत्यकासहित १८ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम