आहा रारा पोखरा गोल्डकप फुटबल

काठमाडौं, २८ माघ : आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो क्वार्टरफाइनल खेलमा आज थ्री स्टार क्लब र मछिन्द्र फुटबल क्लब भिड्दैछन् । खेल पोखरा रगंशालामा दउँसो साढे २ बजे शुरु हुनेछ ।

प्रतियोगिताको प्रि–क्वार्टरफाइनलमा मछिन्द्रले एपीएफ फुटबल क्लबलाई २–० ले हराएको थियो । थ्रीस्टारले भने सिधै क्वार्टरफाइनलमा प्रवेश पाएको हो ।

पाँच पटकको च्याम्पियन थ्रीस्टार आजको खेल जित्दै सेमफिाइनलमा प्ग्ने लक्ष्यमा रहेको छ । ३ विदेशीसहित १२ टोली सहभागी प्रतियोगिताको उपाधि विजेताले १२ लाख १ हजार तथा उपविजेताले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

संबन्धित शिर्षकहरु

नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल, उदयशम्शेर राणा र डिला संग्रौला विजयी

रूस र युक्रेन ऊर्जा युद्धविराम गर्न सहमत भएको ट्रम्पको दाबी