नेपालमा पछिल्लो २४ घण्टामा ३३१ जनामा कोरोना सङ्क्रमण पुष्टि,संक्रमितको संख्या ८ हजार ६०५ पुग्यो

काठमाडौँ, ६ असार  :

नेपालमा पछिल्लो २४ घण्टामा देशभर ७ हजार ४१६ नमुना परीक्षण गर्दा ३३१ जना नयाँ कोरोना संक्रमित थपिएका छन । यो संगै देशभर संक्रमितको संख्या ८६०५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो।  मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमा २८२ जना पुरुष र ४९ जना महिला रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै डोटीमा ६१ जना संक्रमित थपिएका छन् । यस्तै पाल्पाका ३३ जना, नवलपुरका ३२, महोत्तरीका २४, तनहुँका २३, बाग्लुङका २०, बैतडी र गुल्मीका १८ जना, बाँकेका १४ र डडेलुधराका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सर्लाहीका ९ जना, मोरङ, प्युठान र धादिङका ८/८, भक्तपुर, रौतहट र बर्दियाका ७/७ जना, दाङ र बाराका ४/४ जना, रामेछापका ३, सुनसरी र कैलालीका २/२ जना, काठमाडौं झापा, कैलाली, नवलपरासी, रुपन्देही, स्याङ्जा र रुकुम पश्चिमका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा नेपालमा कोरोनाका कारण कसैकोपनि मृत्यु नभएको उनले बताए । हालसम्म मृत्यु हुनेको संख्या २२ रहेको छ । पछिल्लो २४ घन्टामा कोरोनामुक्त भइ डिस्चार्ज हुनेको संख्या १७६ रहेको छ । हालसम्म देशभर  १५७८ जना कोरोना संक्रमण निको भइ डिस्चार्ज भएका छन् ।

संबन्धित शिर्षकहरु

अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीबीच द्विपक्षीय व्यापार बढाउनेबारे छलफल

अमेरिकी डलरको भाउ आज स्थिर

नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सात टोली सहभागी हुने