आज वर्षकै लामो दिन

काठमाडौं, ७ असार :
आज २१ जुन अर्थात वर्षकै लामो दिन। आज पृथ्वीको दक्षिणी गोलार्द्धमा दिन छोटो र उत्तरी गोलार्द्धमा लामो हुन्छ । नेपाललगायत उत्तरी गोलार्द्धमा रहेका मुलुकमा आजको दिन वर्षभरीकै सर्वाधिक लामो हुनेछ ।

नेपालमा सूर्योदय र सूर्यास्तकोबीचको समय अनुसार आजको दिन करिब १४ घण्टाको हुनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार काठमाडौंमा ५ बजेर ९ मिनेट जाँदा सूर्योदय भएको थियो भने साँझ ७ बजेर ३ मिनेटमा सूर्यास्त हुनेछ ।

अन्तर्राष्ट्रिय समय अनुसार लामो दिन जुन २०, २१ या २२ तारिख मध्य कुनै एक दिन पर्छ। यसपालि आजको दिन लामो हुने भएको हो । भोलिदेखि दिन छोटो र रात लामो हुँदै जानेछ ।

संबन्धित शिर्षकहरु

जर्मनी विश्वकप फुटबलको नकआउट चरणमा : नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो

हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयको कक्षा १२ को परिक्षामा ९३.९३ % विद्यार्थी उतिर्ण

विद्यालयलाई सरकारको निर्देशन – ‘विद्यार्थीको व्यक्तिगत विवरण गोप्य राख्नू’