आईपीएल क्रिकेटमा आज चेन्नई र बेङ्गलुरु खेल्दै

काठमाडौं, १५ चैत : इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज चेन्नई सुपर किंग्स (सीएसके) र रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) खेल्दैछन् । यो खेल चेन्नईको चेपक मैदानमा नेपाली समय अनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ । दुवै टोलीले यसअघिको आ–आफ्नो खेल जितेका छन् ।

अङ्क तालिकामा दुवैको दुई अङ्क भए पनि रनरेटका आधारमा आरसीबी शीर्ष स्थानमा छ भने चेन्नई चौथो स्थानमा छ । यसअघिको खेलमा चेन्नईले मुम्बई इन्डियन्सलाई र आरसीबीले कोलकाता नाइट राइर्डसलाई पराजित गरेको थियो । १८ औँ संस्करणको आईपीएल क्रिकेट ‘मे’ २५ तारिखसम्म चल्नेछ ।

संबन्धित शिर्षकहरु

नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल, उदयशम्शेर राणा र डिला संग्रौला विजयी

रूस र युक्रेन ऊर्जा युद्धविराम गर्न सहमत भएको ट्रम्पको दाबी