सुनको मूल्य हाल सम्मकै उच्च दर ,प्रतितोला ९१ हजार रुपैयाँ

काठमाडौँ, ८ असार :

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य हाल सम्मकै उच्च दरमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुनको मूल्य तोलामा ४ सयले बढेर ९१ हजार रुपैयाँमा पुगेको छ ।

आइतबार छापावाला सुनको मूल्य तोलामा ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनको मूल्य पनि तोलामा ४ सयले बढेर ९० हजार छ सय ६५ रुपैयाँमा कारोबार हुदाँ चाँदीको मूल्य तोलमा ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

संबन्धित शिर्षकहरु

नेपालको महिला टोली एसिया कपमा छनोट हुन सकेन

रास्वपा बागमती प्रदेश अधिवेशन स्थगित

सुनको भाउ आज तोलामै १० हजार १०० रुपैयाँले घट्यो