सुनको भाउ ६ सय रुपैयाँले बढ्यो

काठमाडौं, २१ वैशाख : आज सुनको भाउ बढेको छ । सुन तोलामा छ सय रुपैयाँले बढेर आज तोलाको एक लाख ८४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति शुक्रवार सुन तोलाको एक लाख ८३ हजार पाँच सय रुपैयाँ रहेको थियो । केही दिनयता सुनको भाउमा उचारचढाव हुँदै आएको छ । यस्तै चाँदीको भाउ भने आज घटेको छ । आज तोलामा २० रुपैयाँले घटेर चाँदी तोलाको एक हजार नौ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

संबन्धित शिर्षकहरु

नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल, उदयशम्शेर राणा र डिला संग्रौला विजयी

रूस र युक्रेन ऊर्जा युद्धविराम गर्न सहमत भएको ट्रम्पको दाबी