सुनको भाउ ६ सय रुपैयाँले बढ्यो

काठमाडौं, २१ वैशाख : आज सुनको भाउ बढेको छ । सुन तोलामा छ सय रुपैयाँले बढेर आज तोलाको एक लाख ८४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति शुक्रवार सुन तोलाको एक लाख ८३ हजार पाँच सय रुपैयाँ रहेको थियो । केही दिनयता सुनको भाउमा उचारचढाव हुँदै आएको छ । यस्तै चाँदीको भाउ भने आज घटेको छ । आज तोलामा २० रुपैयाँले घटेर चाँदी तोलाको एक हजार नौ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा