दबाबमा रहेको युभेन्टसलाई बोलोग्नाको चुनौती

 सोमवार, अषाढ ८ :

साविक विजेता तथा अंक तालिकाको शीर्ष स्थानमा रहेको युभेन्टसले इटालियन सिरी ए अन्तर्गत सोमबार बोलोग्नाको सामना गर्दैछ । खेल नेपाली समयानुसार रातको १ :३० बजे सुरु हुनेछ । कोप्पा इटालियाको फाइनलमा नेपोलीसँग हार बेहोरेपछि युभेन्टस लिगमा भने आफ्नो पकड कायम राख्न चाहन्छ । सेमिफाइनलमा एसी मिलानविरुद्ध औसत प्रदर्शन गर्दै गोलरहित बराबरीमा रोकिएको युभेन्टस फाइनलमा नेपोलीसँग टाइब्रेकरमा पराजित भएको थियो । लगातार नराम्रो प्रदर्शनपछि सार्रीको रणनीतिमाथि प्रश्न पनि उठ्न थालेको छ ।

युभेन्टसले लिग अन्तर्गत पछिल्लो ६ अवे खेलमध्य ३ खेलमा पराजय भोगेको छ । घरेलु मैदानमा बोलोग्नाको प्रदर्शन राम्रो रहेको छ । बोलोग्नाले लिगमा मात्र ४ खेलमा हार बेहोरेको छ । लिगमा भेरोना (३), इन्टर मिलान (१), लाजियो र युभेन्ट्स (०) ले मात्र घरेलु मैदानमा योभन्दा सुखद नतिजा निकालेका छन् । बोलोग्नाले अर्को सिजन युरोपा लिगमा छनोट हुनका लागि निकै  मिहिनेत गर्नुपर्ने देखिन्छ । टोली छैटौं स्थानको नेपालीभन्दा ५ अंक पछाडी रहेको छ । तर घरेलु मैदानमा बलियो नतिजा र युभेन्टसको खस्कँदो प्रदर्शनले बोलोग्नालाई खेलअघि मनोबल भने बढेको छ ।

बोलोग्नाका लागि जार्दी सुटेन, फेडेरिको सान्टान्डेर र माटिया बानी प्रतिबन्धका कारण उपलब्ध छैनन् । बोलोग्नाका लागि मिचेल दिज्क्स भने चोटका आक्रान लामो समयको विश्रामपछि मैदान फर्कने तयारीमा छन् । युभेन्टसका ब्राजिलियन डिफेन्डर एलेक्स सान्ड्रो चोटका कारण उपस्थित हुने छैनन् । उनको स्थानमा माटिया डी सिलिओले लेफ्ट ब्याकको भूमिका निर्वाह गर्नेछन् । गोलरक्षकमा जियानलुइजी बुफोनको स्थानमा वोजचिएक सेचेज्नीले खेल्ने सम्भावना रहेको छ ।एजेन्सी

संबन्धित शिर्षकहरु

सुनको भाउ तोलामा एक लाख ७० हजार रुपैयाँ नाघ्याे

हमासले बन्धक रिहा नगरे युद्धविराम रद्ध गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

आपत्कालीन कोषमा योगदान गरेकोमा डब्ल्यूएचओबाट नेपाललाई धन्यवाद ज्ञापन