रुस–युक्रेन सिमाना नजिकै रेल दुर्घटना : सात जनाको ज्यान गयो

काठमाडौं, १८ जेष्ठ : रुसको ब्रायान्स्क क्षेत्रमा गएराति यात्रुबाहक रेल दुर्घटना भएको छ । दुर्घटनामा कम्तीमा सात जनाको ज्यान गएको छ भने ३० जना घाइते भएका छन् । रेल पुल भत्किएपछि लिकबाट बाहिरिएको थियो । ब्रायान्स्क क्षेत्र युक्रेनसँग सिमाना जोडिएको रूसी क्षेत्र हो ।

क्लिमोभबाट मस्को जाँदै गरेको रेल भायगोनिची गाउँ नजिकै दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । भायगोनिची मस्कोबाट झन्डै एक सय किलोमिटर टाढा पर्छ । रेल चालकको पनि ज्यान गएको छ ।

दुर्घटनापछि उद्धार टोलीले रेलमा फसेका यात्रुहरूको खोजी गरिरहेको छ । भायगोनिचीमा रहेको एउटा विद्यालयमा आपतकालीन आवासको व्यवस्था गरिएको छ ।

संबन्धित शिर्षकहरु

रुस–युक्रेन सिमाना नजिकै रेल दुर्घटना : सात जनाको ज्यान गयो

इजरायली बन्धकहरु रिहा गर्ने हमासको प्रस्ताव

आईपीएल क्रिकेटको फाइनलमा पुग्न आज मुम्बई र पन्जाब खेल्दै