चितवन, २० असार : आफ्नो जीवनलाई समाजसेवा, कृषि कर्म, अध्ययनसंगै होटल व्यवसायमा जोडिएका व्यवसायी राम बाबु चौधरीले खैरहनी नगरपालिका वडा नं ८, पर्सा बजारमा न्यू ओदान थकाली खाना एण्ड सेकुवा हब सञ्चालनमा ल्याएका छन् । हरेक काममा सफलता प्राप्त गर्न लगनशिलता, धैर्यताका साथ समय लाग्ने उनले बताए । उनि भन्छन्, “ मेरो जीवन नै सेवामा सर्मपित छ । ” होटल व्यवसाय गरिरहेका होटल व्यवसायी राम बाबु चौधरीसंग चितवनपाटीले गरेको कुराकानी ।।

स्वागत छ यहाँलाई चितवनपाटीसंगको कुराकानीमा ।
धन्यवाद ।
चितवनमा यहाँको व्यवसाय कहाँ छ, तपाइँको व्यवसाय कसरी चलिरहेको छ ?
न्यू ओदान थकाली खाना एण्ड सेकुवा हब चितवन स्थीत खैरहनी नगरपालिका वडा नं ८, पर्सा बजारको लाहुरे चोकमा छ । वैशाख ८ गतेबाट सञ्चालनमा आएको हो । व्यवसाय राम्रो तरिकाले चलेको छ ।

तपाईको न्यू ओदान थकाली खाना एण्ड सेकुवा हबको विशेषता के छ ? ग्राहक किन जाने ?
निकै महत्तपुर्ण प्रश्नको लागि धन्यवाद । वास्तवमा भन्ने हो भने पर्सा एरियामा टिपिकल नेपाली स्वाद, नेपाली खाना, हाँस, लोकल माछा, लोकल कुखुरा, ढिडो पाईन्छ । खाजाहरुमा म.म, चाउमिन, खाजा सेट पाईन्छ । सेकुवामा विषेश त हाम्रो भट्टी चुलोमा आगोको रापले पाक्छ । हाम्रोमा थारु परिकार पनि पाईन्छ । विशेषत हाम्रोमा सेकुवा नै हो । ग्राहक आउनुहुन्छ अनि निकै खुशी भएर जानुहुन्छ ।

तपाईको देख्नुभएका होटल व्यवसायका चुनौती के के रहेछन् ?
चुनौती धेरै छन् । मुख्यतय त कोभिड पछि नेपालमा केहि कम मात्रै व्यवसाय सफल भएको तथाङ्कमा देखिन्छ । तर पछिल्लो समय आर्थिक सुचकहरु नि सुधारको अवस्थामा भएकाले सरकारल नि लोन, कर लगायतमा सहुलित दिनुपर्छ । काम गर्ने राम्रो मान्छेहरुको कमि छ । उधारो बढि जाने समस्याहरु नि छन् । चुनौती भन्दा पनि यसलाई अवसरको रुपमा लिएर समाधान गर्दै गए सफल हुन सकिन्छ भन्ने मलाई लाग्छ ।
स्थानीय तह र प्रदेश सरकारले के गरिदिए यहाँहरु जस्ता होटल व्यवसायी राम्रो हुन सक्छ ?
मेरो विचारमा स्थानीय तहले यहाँ रहेको आन्तरिक पर्यटकिय स्थानहरु प्रचारप्रसार जर्गेना गर्नु पर्छ । विभिन्न राहात र प्याकेजका कार्यक्रमहरु ल्याउनु पर्छ । हाम्रो व्यवसाय पनि राम्रो हुन्छ ।
धेरै युवाहरु नेपालमा केहि नै छैन, हुन्न भने विदेशियका छन् । तपाईलाई नि विदेश जाम भन्ने भएन ?
तपाईले राम्रो प्रश्न गर्नुभयो । मान्छेलाई लाग्छ आजको आजै होस् । तर त्यस्तो हुँदैन । हरेक काममा सफलता प्राप्त गर्न लगनशिलता, धैर्यताका साथ समय लाग्छ धैर्य गरेर आँफु कर्ममा लाग्नुपर्छ । पढ्न जानुस् । घुम्न जानुस् । केहि सिकेर आउनुस् । म युवा साथिहरुलाई भन्न चाहान्छु । आज मेरो व्यवसायमा ६ युवा साथिहरु काम हुनुहुन्छ । रोजगारी पाउनु भएको छ । परिवार पाल्नु भएको छ । मेरो जीवन नै सेवामा सर्मपित छ । यसमा म आज धेरै खुशी छु ।

यहाँको महत्वपुर्ण समय र कुराकानीको लागि धेरै धेरै धन्यवाद ?
धन्यवाद चितवनपाटी टीमलाई पनि धेरै धेरै धन्यवाद ।



