थप ७ पाकिस्तानी क्रिकेटरमा कोरोना संक्रमण

मंगलबार, अषाढ ९ :

पाकिस्तान क्रिकेट टोलीका ओपनर फखर जमान सहित थप ७ जनामा कोरोना संक्रमण भेटिएको छ । पाकिस्तान क्रिकेट बोर्डले मंगलबार जमानसँगै, अनुभवी ब्याट्सम्यान मोहम्मद हफिज, इमरान खान, कशिफ भाट्टी, मोहम्मद हुसैन, मोहम्मद रिजवान र वहाव रियाजमा कोरोना संक्रमण देखिएको पुष्टि गरेको छ । दोस्रो परिक्षणमा ७ जना खेलाडीमा कोरोना संक्रमण देखिएको हो ।

योसँगै पाकिस्तान क्रिकेट टोलीमा कोरोना संक्रमण देखिने खेलाडीको संख्या १२ पुगेको छ । सोमबार पहिलो परिक्षणमा तीव्र गतिका बलर रउफ सहित युवा स्पिनर सादब खान र ओपनर ब्याट्सम्यान हैदर अलीलाई कोरोना संक्रमण देखिएको थियो । यसअघि पूर्वकप्तान शाहिद अफ्रिदीलाई कोरोना संक्रमण देखिएको थियो । पूर्व ब्याट्सम्यान तउफिक उमरले भने कोरोनाविरुद्धको लडाईं जितिसकेका छन् ।

पाकिस्तान यसै साता तीन टेष्ट र तीन टि२० आई सिरिजको लागि इंग्ल्यान्ड भम्रणमा जाने तयारीमा रहेको छ । अगष्ट र सेप्टेम्बरमा सिरिज खेल्ने कार्यक्रम छ । जसको लागि केहि साताअघि पाकिस्तानले २९ सदस्य टोली घोषणा गरेको थियो । २९ खेलाडी मध्य १० खेलाडीमा कोरोना संक्रमण देखिएसँगै पाकिस्तानको इंग्ल्यान्ड भ्रमणको सम्भावना न्युन बनेको छ ।एजेन्सी

संबन्धित शिर्षकहरु

अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीबीच द्विपक्षीय व्यापार बढाउनेबारे छलफल

अमेरिकी डलरको भाउ आज स्थिर

नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सात टोली सहभागी हुने