क्यान्सर रोग पीडित बिमलको अपिल, उपचारका लागि सहयोग गर्नुहोस्

चितवन, १४ भाद्र : फोक्सो क्यान्सर रोगबाट पीडित नवलपरासी बर्दघाट सुस्ता पूर्वका एक पुरुषको उपचार गर्न परिवारले सहयोगको अपिल गरेका छन् । कावासोती नगरपालिका–१७, गोछडा घर भएका २५ वर्षीय क्यान्सर पीडित बिमल पौडेलको उपचारका लागि परिवारले सहयोग मागेका हुन् ।

२ वर्षदेखि सामान्य बिरामी भए पछि चितवनको सि.एम.सि मेडिकल कलेजमा उपचारको क्रममा क्यान्सर भएको पत्ता लागेको बिरामीकी श्रीमती सिर्जना भुषालले बताउनुभयो । पछि बिपी कोइराला क्यान्सर अस्पताल भरतपुरमा स्वास्थ्य परीक्षणको क्रममा फोक्सोमा क्यान्सर भएको र तुरुन्तै अप्रेसन गर्ने पैसा नहुँदा बिरामी घरमै राख्नु परेको बिरामीको दिदी बिष्णु पौडेलले बताउनुभयो । उपचारका लागि यहीँ भाद्र १९ गते अप्रेसनको मिति तय भएपनि पैसा नभएकाले समस्यामा परेको परिवारको भनाई रहेको छ ।

पेट फुल्ने समस्या देखिएपछि उपचारका लागि चितवनको सि.एम.सि मेडिकल कलेजमा उपचार गरिएको थियो । पछिल्लो ५ महिना यता बिरामीलाई जटिल समस्या देखिन थालेपछि अप्रेसन गर्नुपर्ने डाक्टरको भनाइ रहेको क्यान्सर पीडित बिरामी बिमल पौडेलले बताउनुभयो । बिरामी पौडेलले उपचारमा लाग्ने रकम सहयोग गरिदिन देशविदेशमा रहेका सबैलाई आग्रह गर्नुभएको छ ।

 

संबन्धित शिर्षकहरु

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा

आज पनि सुनचाँदीको भाउ घट्यो