सुनको भाउमा कीर्तिमान : तोलाको २ लाख २१ हजार ७०० रुपैयाँ पुग्यो

काठमाडौं, ७ असोज : सुनको भाउमा कीर्तिमान कायम भएको छ । सुनको भाउ आज तीन हजार नौ सय रुपैयाँले बढेर तोलाको दुई लाख २१ हजार सात सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो भाउ अहिलेसम्मकै उच्च हो ।

हिजो सुनको भाउ तोलाको दुई लाख १७ हजार आठ सय रुपैयाँ रहेको थियो । आज चाँदीको भाउमा पनि कीर्तिमान कायम भएको छ । चाँदीको भाउ आज ३० रुपैयाँले बढेर तोलाको दुई हजार छ सय ८० रुपैयाँ पुगेको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार छ सय ५० रुपैयाँ थियो ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा