जोन्सन एन्ड जोन्सन विरुद्ध २ अर्ब डलरको जरिमाना

वासिङ्टन, १० असार :

संयुक्तराज्य अमेरिकाको एक अदालतले शरीरलाई घातक मानिएको टेलकम पाउडर बिक्री गरेको आरोपमा औषधि उत्पादक जोन्सन एन्ड जोन्सन कम्पनीविरुद्ध दुई अर्ब १० करोड डलर जरिमाना भुक्तानी गर्न आदेश दिएको छ ।

यद्यपी मिजौरी पुनरावेदन अदालतले जरिमानाको अंकलाई आधा घटाएर फैसला सुनाएको थियो । प्रारम्भिक मुद्दामा करिब ४ अर्ब ४० करोड जरिमाना मागदाबी गरिएको थियो । अदालतको आदेशमा जोन्सनले जानाजान क्यान्सर रोग लगाउन सक्ने तत्व अस्वेस्टोस मिश्रित टेलकम पाउडर उपभोक्तालाई बिक्री गरेको उल्लेख छ ।

अदालतको आदेशमा टेलकम पाउडरको प्रयोगबाट शरीरमा क्यान्सर लागेको भन्दै जोन्सन विरुद्ध मुद्दा दायर गरिएको प्रसंग राख्दै अदालतले आदेशमा मानिसको स्वास्थ्यसँग पैसा वा जरिमानालाई दाँज्न नसकिने जनाएको छ ।

सन् २०१९ मा पनि क्यालिफोर्नियाको अदालतले एक बालिकालाई जोन्सनको टेलकम पाउडरका कारण क्यान्सर भएको भन्दै दशौं लाख अमेरिकी डलर जरिमाना तिराएको थियो ।

गत महिना जोन्सनले अमेरिका र क्यानडामा टाल्क मिश्रित बच्चाका लागि पाउडर उत्पादन नगरिने घोषणा गरेको थियो, तर कम्पनीले विश्वका अरु देशमा भने यसको बिक्री यथावत राख्ने जनाएको छ ।

तर जोन्सन एन्ड जोन्सनकी एक प्रवक्ताले मिजौरी अदालतको आदेश विरुद्ध मिजौरीको सर्वोच्च अदालतमा मुद्दा दायर गरिने बताउनुभएको छ । (रासस–एएफपी)

 

 

 

 

 

संबन्धित शिर्षकहरु

स्वस्तिक नेपाल भरतपुरको वार्षिक कार्ययोजना गोष्ठी सम्पन्न

इरानको मिसाइल आक्रमणबाट इजरायलमा ज्यान गुमाउनेको सङख्या ६ पुग्यो

बङ्गलादेशमा बिजुली निर्यात शुरु : पाँच महिनासम्म दैनिक ४० मेगावाट निर्यात गरिने