भियतनाममा बाढीका कारण कम्तीमा ९० जनाको ज्यान गयो, १२ जना बेपत्ता

(251122) -- HANOI, Nov. 22, 2025 (Xinhua) -- An aerial drone photo taken on Nov. 22, 2025 shows flooded houses in Khanh Hoa Province, Vietnam. The number of people killed by severe flooding in central Vietnam has risen to 72 as of Saturday afternoon, local daily VnExpress reported, citing the Vietnam Disaster and Dyke Management Authority. Thirteen people remain unaccounted for, according to the report. (VNA/Handout via Xinhua)

काठमाडौं, ७ मंसिर : भियतनाममा केही दिनदेखिको ठूलो वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा ९० जनाको ज्यान गएको छ । १२ जना बेपत्ता भएका छन् । बाढीका कारण देशभर १ लाख ८६ हजार घरमा क्षति पुगेको र ३० लाखभन्दा धेरै पशुचौपाया बगेका भियतनामी अधिकारीहलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

करोडौं पाउन्ड बराबरको क्षति भएको अनुमान छ । समाचार एजेन्सी एएफपीका अनुसार पहाडी प्रान्त डाक लाक नराम्ररी प्रभावित भएको छ । त्यहाँ नोभेम्बर १६ देखि यता ६० जनाभन्दा धेरैको ज्यान गएको छ । केही हप्ताको अन्तरालमा आएको कालमेगी र बुआलोई आँधीका कारण भियतनामले अहिले सबैभन्दा ठूलो चरम मौसमी घटनाको सामाना गरिरहेको छ ।

सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा सहयोग गर्न सैन्य र प्रहरी स्रोतहरू परिचालन भएका छन् । जलवायु परिवर्तनका कारण भियतनाम चरम मौसमी घटनाहरूको बढी जोखिममा पर्दा आँधीका घटनाहरू बढेका वैज्ञानिकहरू बताउँछन् ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा