नेकपा स्थायी कमिटी शुक्रबार पुनः बस्ने

sf7df8f}F, !) c;f/ M k|wfgdGqLlgjf; afn'jf6/df a'waf/ a;]sf] g]kfn sDo'lgi6 kf6L{ -g]skf_sf] :yfoL sld6Lsf] a}7sdf ;xefuL x'Fb} k|wfgdGqL Pj+ cWoIf s]kL zdf{ cf]nL, g]skfsf cWoIf k'iksdn bfxfn …k|r08Únufot . t:jL/ M rG›snf If]qL÷/f;;

काठमाडौँ, १० असार :

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको आजदेखि शुरु भएको बैठक अध्यक्षद्वयको मन्तव्य र कार्यसूची तय गरी यही शुक्रबार पुनः बस्ने गरी सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा वर्तमान परिस्थिति र बैठकका सम्बन्धमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्षद्वयले सरकार, पार्टी र समग्र स्थिति तथा वर्तमान चुनौती र अवसरबारे विचार व्यक्त गर्नुभएको जानकारी दिनुभयो । अध्यक्षद्वयले कम्युनिष्ट विचारको आदर्श, मूल्यमान्यता र जनतमतका आधारमा सकारात्मक र नकारात्मक स्थितिको समीक्षा गरी सरकार र पार्टीलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको थियो ।

नेकपा केन्द्रीय प्रचार तथा प्रकाशन विभागका उपप्रमुख सूर्य थापाका अनुसार कोभिड –१९ को नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधान, सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र साङ्गठानिक एकताका बाँकी काम, अमेरिकी मिलेनियम कर्पाेरेशन सहायता (एमसिसी) र विविध कार्यसूची बैठकले अनुमोदन गरेको छ ।

विविधमा रुकुम(पश्चिम)मा गत जेठ १० मा भएको घटना, नागरिकतासम्बन्धी विधेयक र सङ्घीय सांसद्को भत्ताका कार्यसूची पनि अनुमोदन भएको छ । (रासस)

संबन्धित शिर्षकहरु

सुनको भाउ तोलामा एक लाख ७० हजार रुपैयाँ नाघ्याे

हमासले बन्धक रिहा नगरे युद्धविराम रद्ध गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

आपत्कालीन कोषमा योगदान गरेकोमा डब्ल्यूएचओबाट नेपाललाई धन्यवाद ज्ञापन