पछिल्लो २४ घण्टामा ६२९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १० हजार ७२८ पुग्यो

काठमाडौँ, ६ असार  :

नेपालमा पछिल्लो २४ घण्टामा देशभर  ६ हजार ८ सय २८  नमुना परीक्षण गर्दा  ६२९ जना नयाँ कोरोना संक्रमित थपिएका छन । यो संगै देशभर संक्रमितको संख्या  १० हजार ७ सय २८   पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमा  ५ सय १९  जना पुरुष  र ११० महिला रहेका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ७६ जिल्लामा कोरोना फैलिइसकेको छ । बागमती प्रदेशको रसुवा बाहेकका सबै जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

मन्त्रालयका अनुसार कैलालीका १५१ कञ्चनपुरका ८६, दाङका ७६, झापाका ११, सर्लाहीका २१, अछामका २३, सुनसरीका १, मोरङका १, सप्तरीका ६, धनुषाका २०, महोत्तरीका १२, बैतडीका ४, बाजुराका ८, डोटीका ४८,  पर्वतका २, रौतहटका ४४ रहेका छन्। यस्तै धादिङका २, काठमाडौँका १, चितवनका १, तनहुँका १, नवलपरासीका ५, पाल्पाका १५, भक्तपुरका १, गोर्खाका ३, कास्कीका ९, बागलुङका ९, लमजुङका ५, पर्वतका १, स्याङजाका ७, गुल्मीका ५, कपिलवस्तुका १, रुपन्देहीका १, बाँकेका ९, बर्दियाका १, प्युठानका १०, जाजरकोटका १, सुर्खेतका १४, दैलेखका ४ र कालिकोटका १ जना संक्रमित थपिएका हुन् ।

आजसम्म जम्मा पीसीआर विधिबाट  १ लाख ९३ हजार १ सय ९४  जनाको पीसीआर परीक्षण भएको छ । पछिल्लो २४ घन्टामा कोरोना मुक्त भइ डिस्चार्ज हुनेको संख्या १ सय १४ जना रहेको छ । हालसम्म देशभर   २ हजार ३ सय ३८ जना जना कोरोना संक्रमण निको भइ डिस्चार्ज भएका छन्  । अहिले देशका विभिन्न अस्पतालमा ८ हजार ३ सय ६६ जना उपचाररत रहेका छन् । क्वारेन्टिनमा ७८ हजार ६ सय ३९ जना रहेका छन् । अहिलेसम्म कोरोनाबाट २४ जनाको मृत्यु भएको छ ।

संबन्धित शिर्षकहरु

अर्बपति एलन मस्कले नयाँ दल गठन गर्ने : दलको नाम ‘द अमेरिका पार्टी’

फिफा क्लब विश्वकपको सेमिफाइनल समिकरण पूरा

भारत र बङ्गलादेशबीच अर्को महिना हुने भनिएको क्रिकेट शृङ्खला स्थगित