जेभियर्स ईन्टरनेश्नल एजुकेशन कन्सल्टेन्सीको ब्राण्ड एम्बेसडरमा नायक हरिहर अधिकारी

चितवन, २२ पौष : शैक्षिक परामर्शको क्षेत्रमा काम गर्दै आएको जेभियर्स ईन्टरनेश्नल एजुकेशन कन्सल्टेन्सी प्रालिले चर्चित नायक र ज्योतिषी हरिहर अधिकारीलाई ब्राण्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ।

भरतपुरमा एक भव्य समारोहका बीच सोमबार नायक अधिकारीलाई ब्राण्ड एम्बेसडरको नियुक्त गरेको सार्वजनिक गरिएको हो ।

युरोपको विभिन्न देशमा उच्च शिक्षाको क्षेत्रमा विद्यार्थीलाई परामर्श दिदै आएको कन्सल्टेन्सीले साईप्रसको लेन्ड्रा कलेजसँगको सहकार्यमा काम गर्दै आएको छ ।

सो कार्यक्रममा कन्सल्टटेन्सीका कलेजका प्रमुख कार्यकारी अधिकृत सुमन अधिकारीले लिन्ड्रा कलेजसँगको सम्बन्ध र विद्यार्थीहरूलाई कलेजमा अध्ययन गर्नका लागि कसरी सहजीकरण गरिरहेको बारे जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा ब्राण्ड एम्बेसडर अधिकारी शैक्षिक परामर्शको क्षेत्रमा भरपर्दो काम गर्दै आएको जेभियर्स ईन्टरनेश्नलसँग जोडिन पाउनु खुसीको विषय भएको उल्लेख गर्नुभयो ।

संबन्धित शिर्षकहरु

लगातार ३ दिन घटेकाे शेयर बजार आज सामान्य बढ्याे

राखेपले एन्फामाथिकाे निलम्बन फुकुवा गर्‍याे

बढ्दो बेरुजुप्रति राष्ट्रपतिको चिन्ता, सार्वजनिक निकायलाई जवाफदेही बन्न निर्देशन