आबुधाबी र कुवेतबाट तीन सय नेपाली काठमाण्डौ आइपुगे

काठमाडौं, ११ असार :

आबुधावी र कुवेतबाट तीन सय एक जना नेपाली आइपुगेका छन् । यूएईको आबुधाबीबाट हिमालय एअरलाइन्स मार्फत १५२ जना नेपाली काठमाण्डौ आइपुगेका हुन् ।

यस्तै कुवेतबाट नेपाल एअरलाइन्सले १४९ जना लिएर काठमाण्डौ आइपुगेको छ । आज कतारको दोहाबाट पनि हिमालय एअरलाइन्समार्फत नै १५२ जना फर्कने तालिका रहेको छ । जापानको नारिताबाट नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत २५४ जना स्वदेश फर्कनेछन् ।

कतार एअरवेज कतारको दोहा र एअर अरेबिया यूएईको सारजहाबाट नेपाल आउने तालिका रहेको विमानस्थलले जनाएको छ । यस्तै आज नेपाली लिन जहाजहरु विभिन्न ठाउँमा जाने तालिका रहेको छ । आज विमानस्थलमा १३ वटा अन्तर्राष्ट्रिय उडान हुनेछन् ।

संबन्धित शिर्षकहरु

‘मेटा’ले ठूलो संख्यामा कर्मचारी कटौती गर्दै

अदालतको फैसलाले पार्टीलाई एकताबद्ध र साझा यात्राका लागि वातावरण सिर्जना गर्‍याे : सभापति थापा

आईसीसी महिला च्यालेन्ज ट्रफी : नेपालले आज अमेरिकासँग खेल्दै