जन्मदिनमा राहत बितरण

चितवन ११ असार : 

मजदुरी गरेर खाने परिवारलाई राहत वितरण गरेर भरतपुरकी एक किशोरीले जन्मदीन मनाएकी छन । भरतपुर महानगरपालिका वडा नम्बर २ क्षेत्रपुरकी आकृति राजभण्डारीले भरतपुर ११ लामाटोलका गरिब परिवारलाई राहत वितरण गरेकी हुन । लकडाउनले प्रभावित परिवारका लागी राहत वितरण गरेकी हुन । फजुल खर्च नगरेर उनले राहत वितरण गरिन् ।

लामाटोलका ३५ घरधुरीले  राहत पाए । हरेक परिवारलाई १५ किलो चामल , तेल , नुन , साबुन र मास्क प्रदान गरेको आकृतिका वुवा भरतपुर अस्पतालका पूर्व अध्यक्ष राजकुमार राजभण्डारीले बताए । विपतको बेला दुखको बेला दुखीसंग आफ्नो जन्मदीन समर्पित गरेको आकृतिले बताइन ।

g

 

 

 

संबन्धित शिर्षकहरु

नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल, उदयशम्शेर राणा र डिला संग्रौला विजयी

रूस र युक्रेन ऊर्जा युद्धविराम गर्न सहमत भएको ट्रम्पको दाबी