जन्मदिनमा राहत बितरण

चितवन ११ असार : 

मजदुरी गरेर खाने परिवारलाई राहत वितरण गरेर भरतपुरकी एक किशोरीले जन्मदीन मनाएकी छन । भरतपुर महानगरपालिका वडा नम्बर २ क्षेत्रपुरकी आकृति राजभण्डारीले भरतपुर ११ लामाटोलका गरिब परिवारलाई राहत वितरण गरेकी हुन । लकडाउनले प्रभावित परिवारका लागी राहत वितरण गरेकी हुन । फजुल खर्च नगरेर उनले राहत वितरण गरिन् ।

लामाटोलका ३५ घरधुरीले  राहत पाए । हरेक परिवारलाई १५ किलो चामल , तेल , नुन , साबुन र मास्क प्रदान गरेको आकृतिका वुवा भरतपुर अस्पतालका पूर्व अध्यक्ष राजकुमार राजभण्डारीले बताए । विपतको बेला दुखको बेला दुखीसंग आफ्नो जन्मदीन समर्पित गरेको आकृतिले बताइन ।

g

 

 

 

संबन्धित शिर्षकहरु

जर्मनी विश्वकप फुटबलको नकआउट चरणमा : नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो

हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयको कक्षा १२ को परिक्षामा ९३.९३ % विद्यार्थी उतिर्ण

विद्यालयलाई सरकारको निर्देशन – ‘विद्यार्थीको व्यक्तिगत विवरण गोप्य राख्नू’