नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौं, १४ असार

नेपाली कांंग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने पार्टीका उपसभापति विमलेन्द्र निधिले जानकारी दिए ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे समेत छलफल हुनेछ । कोभिड–१९ सङ्क्रमणका लागि पार्टीको महाधिवेशन कार्यतालिका रोकिएपछि काँग्रेसले सोहीबारे छलफल गर्न पदाधिकारी बैठक आह्वान गरेको हो ।

काँग्रेसले १४औँ महाधिवेशन सम्पन्न गर्नका लागि क्रियाशील सदस्यता वितरणलाई समेत अगाडि बढाइसकेको थियो ।

काँग्रेसको १३ औँ महाधिवेशन विसं २०७२ फागुनमा सम्पन्न भएको थियो।

संबन्धित शिर्षकहरु

क्यानडामा मानिसको भीडमा कार जोतिँदा धेरै जनाको ज्यान गयाे : प्रहरी

राष्ट्रिय महिला तथा पुरुष हक्की प्रतियोगिता आउँदो बुधवारदेखि

जम्मू–कश्मीरको भारत–पाकिस्तान नियन्त्रण रेखा वरपर गोलाबारी