सलह प्रकोप नियन्त्रणका लागि प्राविधिक समितिको बैठक कृषि मन्त्रालयमा जारी

काठमाडौं, १४ असार :

भारत हुँदै तराई क्षेत्रबाट प्रवेश गरी हिजो एकै दिन १२ भन्दा बढि जिल्लामा सलह किरा फैलिएपछि सरकारले गठन गरेको प्राविधिक समितीको बैठक छलफलमा जुटिरहेको छ ।

तत्काल कसरी नियन्त्रणका उपायहरु अबलम्बन गर्न सकिन्छ रु नागरिक स्तरमा यसको नियन्त्रणका लागि कस्ता प्रयास गर्न जरुरी छ भन्ने विषयमा अहिले कृषि मन्त्रालयमा प्राविधिक समितीको बैठक बसिरहेको छ ।

प्राविधिक समिति र विज्ञहरुको बैठक बसिरहेको नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तरगत किट विज्ञान महाशाखाका प्रमुख डा. प्रेमनिधी शर्माले जानकारी दिए ।

करिब एक महिना अघि प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव प्रसाद हुमागाईं नेतृत्वमा एउटा प्राविधिक टोली गठन गरिएको थियो ।

समितीले यो वर्ष नेपालमा सलह प्रवेश गर्ने सम्भावना टरेको सरकारलाई प्रतिवेदन बुझाएकोमा हिजो एक्कासी नेपालमा सलह प्रवेश गरी फैलिएपछि समिति फेरी सक्रिय भएको हो ।

अन्नबाली तथा बोट विरुवा विनाशक सलह किरा बारा, पर्सा, सर्लाही हुँदै सिन्धुली, काभ्रे, यस्तै पश्चिमको रुपन्देही हुँदै पाल्पा सम्म पुगिसकेको छ ।

संबन्धित शिर्षकहरु

जर्मनी विश्वकप फुटबलको नकआउट चरणमा : नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो

हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयको कक्षा १२ को परिक्षामा ९३.९३ % विद्यार्थी उतिर्ण

विद्यालयलाई सरकारको निर्देशन – ‘विद्यार्थीको व्यक्तिगत विवरण गोप्य राख्नू’