पाकिस्तानको राष्ट्रिय क्रिकेट टोली इंग्ल्याण्ड प्रस्थान

काठमाडौं, १४ असार :

पाकिस्तानको राष्ट्रिय क्रिकेट टोली इंग्ल्याण्ड प्रस्थान गरेको छ । कोरोना भाइरसको महामारीकै बीच इंग्ल्याण्डसँग क्रिकेट श्रृङ्खला खेल्नका लागि पाकिस्तानी टोली त्यसतर्फ गएको हो ।

इंग्ल्याण्ड पुगेपछि पाकिस्तानी टोली आजदेखि १४ दिन आइसोलेसनमा बस्नेछ । कोरोनाबाट केही खेलाडी सङ्क्रमित भए पनि पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएका २० खेलाडीहरुको समूह भ्रमणमा निस्किएको हो ।

अजहर अलीको कप्तानीमा रहेको टोलीको उपकप्तान बाबर आजम रहेका छन् । पाकिस्तानले इंग्ल्याण्डसँग ३ वटा टेस्ट र ट्वेन्टी ट्वेन्टी खेलको श्रृङ्खला खेल्दैछ ।

दुई टोलीबीचको टेस्ट श्रृङ्खला जुलाई ३० मा सुरु हुनेछ भने टी–ट्वेन्टी श्रृङ्खला अगष्ट २९ देखि सेप्टेम्बर २ सम्म हुनेछ ।

संबन्धित शिर्षकहरु

यसपालिको मनसुनमा औसतभन्दा धेरै वर्षा, धेरै गर्मी हुने अनुमान

आईपीएल क्रिकेटमा आज मुम्बई र दिल्ली खेल्दै

अमेरिकाले ब्यालिस्टिक आक्रमण रोक्न सक्ने क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको विकास गर्दै