वीरगञ्ज हुँदै ७९ अर्ब ५४ करोडको वस्तु तथा सामान निर्यात

वीरगञ्ज, १० बैशाख : वीरगञ्ज नाका हुँदै यो आर्थिक वर्षको नौ महिनामा ७९ अर्ब ५४ करोड रुपैयाँको वस्तु तथा सामान निर्यात भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गएको आर्थिक वर्षका नौ महिनामा ६९ अर्ब ३५ करोड रुपैयाँ बराबरको वस्तु तथा सामान निर्यात भएकोमा यसपालि १० अर्ब १९ करोड रुपैयाँ अर्थात् करिब १५ प्रतिशत निर्यात बढेको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले जानकारी दिनुभयो ।

साथै गएको आर्थिक वर्षका नौ महिनाको तुलनामा यो आर्थिक वर्षको नौ महिनामा १० अर्ब १९ करोड रुपैयाँ अर्थात् १५ प्रतिशत बढी आयात भएको छ । यो नाका हुँदै नौ महिनामा ४३ अर्ब ६१ करोड रुपैयाँ पर्ने प्रशोधित भटमासको तेल निर्यात भएको छ ।

त्यस्तै पाँच अर्ब २४ करोड मूल्यको प्रशोधित पाम तेल निर्यात भएको छ भने पाँच अर्ब पाँच करोड मूल्य पर्ने सूर्यमुखीको प्रशोधित तेल निर्यात भयो । साथै पाँच अर्ब ८४ करोड मूल्य पर्ने फलफूलको जुस र दुई अर्ब ६९ करोड मूल्यका कपडा पनि निर्यात भएको वीरगञ्ज भन्सारले जनाएको छ । -रासस

संबन्धित शिर्षकहरु

आफ्नै रेकर्ड तोड्दै कामिरिता शेर्पा ३२औँ र ल्हाक्पा शेर्पा ११औँ पटक सगरमाथा शिखरमा

ट्रम्पको चेतावनीका बाबजुद स्वतन्त्र र सार्वभौम देश भएको ताइवानको घोषणा

कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा