चेल्सीलाई हराउँदै सिटीले जित्यो एफए कपको उपाधि

काठमाडौं, ३ जेष्ठ : चेल्सीलाई १–० गोलले हराउँदै एफए कपको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । सिटीले एफए कपसहित यो सिजनको दोस्रो उपाधि जितेको हो । यसअघि सिटीले इङ्लिस लिग कपको उपाधि जितेको थियो ।

हिजो भएको खेलमा ७२ औँ मिनेटमा सिटीले गोल गर्यो । सिटीका हालान्डले दिएको क्रस बलमा सेमेन्योले गोल गरे । सिटीले योसहित एफए कपको उपाधि आठौँ पटक जितेको छ । सिटीलाई ईंग्लिस प्रिमियर लिगको उपाधि जित्ने अवसर छ ।

प्रिमियर लिगमा सिटी आर्सनल भन्दा २ अंकले पछाडि छ । प्रशिक्षक पेप ग्वार्डिओलाका लागि ट्रीपल उपाधिको अवसर छ ।

संबन्धित शिर्षकहरु

नेपालको महिला टोली एसिया कपमा छनोट हुन सकेन

रास्वपा बागमती प्रदेश अधिवेशन स्थगित

सुनको भाउ आज तोलामै १० हजार १०० रुपैयाँले घट्यो